ट्विटरले फेर्‍यो लोगो, चराको ठाउँमा एक्स

ट्विटरले फेर्‍यो लोगो, चराको ठाउँमा एक्स

काठमाडौँ –  माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिर्वतन गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार दिउँसोबाट ट्विटर लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखिएको छ ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए ।

यसअघि चरालाई हटाएर पनि कुकुर राखिएकोमा ट्विटर फेरि चरामै फर्किएको थियो । मस्कले किनेदेखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ । केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए ।

प्रतिक्रिया