राष्ट्रिय र क्षेत्रिय खेलकुदमा प्रथम हुने खेलाडीलाई सम्मान

राष्ट्रिय र क्षेत्रिय खेलकुदमा प्रथम हुने खेलाडीलाई सम्मान

दैलेख, असोज २१– सातौं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको राष्ट्रिय तथा क्षेत्रिय प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई दैलेखमा नगद पुरस्कार सहित सम्मान गरिएको छ । क्षेत्रिय प्रतियोगिता दाङ र राष्ट्रिय प्रतियोगिता पोखरामा प्रथम हुने दैलेखका खेलाडीहरुलाई भब्य समाहरोहविच सम्मान गरिएको हो ।

 राष्ट्रिय तथा क्षेत्रिय प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सम्मान गर्दै
राष्ट्रिय तथा क्षेत्रिय प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सम्मान गर्दै

सम्मान हुने खेलाडीहरुमा एथलेटिक्स ४ सय मिटरमा कल्पना शाहीले राष्ट्रिय प्रतियोगितमा प्रथम भएकी हुन् । उनले राष्ट्रिय ८ सय मिटरमा तेस्रो भएकी थिईन् । त्यस्तै तेक्वान्दो खेलतर्फ ४५ केजीमा क्षेत्रिय प्रतियोगितामा मञ्जु विसी प्रथम भईन् । दुवै खेलाडीलाई प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठले संयूक्त रुपमा सम्मान गरेका हुन् ।
दैलेख सदरमुकामस्थित टुडिखेलमा क्षेत्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला स्तरिय छनौट प्रतियोगताको उद्घाटन कार्यक्रममा उनीहरुलाई नगद सहित सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्रका साथ राष्ट्रिय प्रथमलाई ५ हजार क्षेत्रिय प्रथमलाई २ हजार नगद दिईएको थियो ।

प्रतिक्रिया