बाल दुव्र्यवहार रोकथाम सामाजिक अग्रसरता जरुरी

बाल दुव्र्यवहार रोकथाम सामाजिक अग्रसरता जरुरी

ज्वाला सन्देश सम्वाददाता
बाल मनोविज्ञ पत्रकार अमरबहादुर सुनारले बालबालिका माथि हुने बाल दुव्र्यवहार रोकथाम गर्न सामाजिक अग्रसरता जरुरी रहेको बताउनु भएको छ । अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज भैरीकालिकाथुमको बालेकाँडास्थित गौरी मावि बाल क्लबद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयीलाई पुरस्कार बितरण गर्दै उहाँले सो धारणा राख्नु भएको हो ।CRC News 2072.08.03
बाल क्लवका अध्यक्ष पदमबहादुर शाहीको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक केशवबहादुर शाहीले भविष्यका कर्णधार बालबालिकालाई यस्ता अतिरिक्त क्रियाक्लापले सुमार्गमा लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो ।
जिल्ला बाल कल्याण समिति, सेभ द चिल्डे«न÷सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको २ हजार रुपैंयाँ सहयोगमा भएका ४ प्रतियोगिताका विजयीलाई कपी र कलम पुरस्कार दिइएको थियो । जस अनुसार डोरी नाघ्ने स्कीपिङ्ग तर्फ अनिता खनाल, गीता खनाल र चन्दा पुरी प्रथम, द्धितीय र तृतीय हुनुभएको थियो ।
छात्रहरुको १०० मीटर दौडमा पदम शाही, नरेन्द्र रिजाल र राजेन्द्र शाही प्रथम, द्धितीय र तृतीय पुरस्कार जित्नुभएको थियो । छात्र–छात्राहरुको सामूहिक म्यूजिकल चियर प्रतियोगितामा बिनोद शाही प्रथम, सपना शाही द्धितीय र दुर्गा अधिकारी तृतीय हुनुभएको थियो । त्यस बखत भएको लोकगीत प्रतियोगितामा शर्मिला बिकले सर्बोत्कृष्ट पुरस्कार पाउनुभयो ।
प्रतियोगिता अघि बाल मनोबैज्ञानिक पत्रकार अमरबहादुर सुनारले बाल न्याय प्रणाली अवधारणा र बाल बिज्याई न्यूनीकरणमा घरपरिवार, समाज, विद्यालय र बालबालिकाको आफ्नै दायित्व विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया