शैक्षिक गुणस्तर सुधार का लागि विद्यालयमा उजुरी

शैक्षिक गुणस्तर सुधार का लागि विद्यालयमा उजुरी

दैलेख,पुस ५ गते । शैक्षिकस्तर सुर्धानका लागि दैलेखका केही विद्यालयमा विद्यार्थीले उजुरी दिन थालेका छन् । आफुमाथि भएको अदृश्य हिंसा,दुव्र्यवहार विद्यालयमा भएका नराम्रा गतिविधी न्युनिकरण गर्नका लागि विद्यार्थीले विद्यालयमा उजुरी दिन थालेका हुन् ।

यी हुन हाम्रा गुनासा :    भैरव निमावि चामुण्डामा विद्यार्थीले राखेका गुनासा । विद्यालयका विद्यार्थीबाट उजुरी पेटीकामा गुनासा आउन थालेपछि शिक्षकमा नियमित्तता हुनुको साथै विद्यालयमा सुधार आएको छ ।
यी हुन हाम्रा गुनासा :
भैरव निमावि चामुण्डामा विद्यार्थीले राखेका गुनासा । विद्यालयका विद्यार्थीबाट उजुरी पेटीकामा गुनासा आउन थालेपछि शिक्षकमा नियमित्तता हुनुको साथै विद्यालयमा सुधार आएको छ ।

विद्यार्थीले दिएको गुनासोको सुनुवाई भए विद्यालयमा शिक्षकको नियमित्तता र विद्यार्थीले आफुमाथि भएको अदृष्य हिंसा र दुव्र्यवहारबाट मुक्त हुने स्थानीयबासी भनाई छ । गुनासो पेटीमा विद्यार्थीले आफुमाथि सहपाठी गरेको अन्याय, शिक्षकले नपढाएको,नियमित उपस्थिति नभएको, छात्रले छात्रामाथि दुव्र्यहार गरेको जस्ता गुनासो आउने थालेको गुनासो सुनुवाई सयन्त्र समितिका संयोजक तुलाराम कँडेलले बताउनुभयो । “महिनाको दुई पटक उजुरी सुझाव सुनुवाई हुन्छ,कुनै शिक्षक विरामी हुँदा सट्टा शिक्षक राखेर पढाईन्छ । पिडित छात्र छात्रालाई न्यायको अनुभव दिलाउँछौं ।”कमजोर विद्यार्थीका लागि थप समय दिएर कायक्रमले उपचारात्मक कक्षा सञ्चालन गरेको अर्का शिक्षक लक्ष्मी कँडेले जानकारी दिनुभयो । अधिकाँश विद्यार्थी अंग्रेजी,विज्ञान र गणित विषयमा कमजोर हुने भएकाले ति विद्यार्थीलाई अरु जस्तै बनाउने उद्देश्यले थप कक्षा लिनेको गरेका छौं, उहाँले थप्नुभयो ।
उजुरी सुझावले आफुमाथि ठुला केटाहरुले कुटपिट गर्न छोडेको दिपेन्द्र प्रावि राकमकर्णालीका छात्र गगन माझीले बताउँछन् । उनी भन्दछन् ः “पहिला मलाई साथीले कुटपिट गर्दा सरलाई भन्न सक्दैन थिए । सरले कसैसाथी कुटपिट गरे यो पेटीका गुनासो लेखेर हाल्नु भनेपछि मैले चित्रले कुटपिट गरेको लेखेर हाले । सरले कार्वाही गर्नुभयो । आजभोली मलाई कसैले कुटपिट गर्दैनन् ।” उजुरी सुझावले विद्यालयमा पठन–पाठन नियमित गर्ने र विद्यार्थी माथि भएको हिंसा दुव्र्यवहार न्युनिकरण गर्न सहयोग मिल्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका एकिकृत परियोजनाका जिल्ला संयोजक रत्नबहादुर बुढाले बताउनुभयो । “बालबालिकाले आफुमाथि भएको हिंसा र दुव्र्यवहार भन्न सक्दैन । तर लेख्न सक्छन् । उनीहरुको गुनासो सुनुवाईका लागि विद्यालयमा उजुरी सुझाव पेटीका कार्यक्रम सञ्चालन गरिएको हो,”उहाँले भन्नुभयो ।
विद्यार्थीले राखेका १ सय २८ गुनासो मध्ये एक सय वटा गुनासो सुनुवाई भएको र २८ गुनासा बाँकी रहेको प्राधानाध्यापक कृष्ण कँडेले जानकारी दिनुभयो । ‘हाम्रो स्तरबाट हुने सबै गुनासाका सुनुवाई भइसक्यो । केही गुनासा जिल्ला शिक्षा कार्यालय संग सम्बन्धित भएकाले बाँकी रहेका हुन् ।’ त्यसैगरि दिपेन्द्र प्रावि राकमकर्णालीमा आएका १० मौखिक, ४० लिखित गुनासोको सुनुवाई भईसकेको शिक्षक हिक्मत माझीले जानकारीले दिनुभयो । अनुगमनको क्रममा भैरव निमावि चामुण्डा पुग्नुभएका निमित्त जिल्ला शिक्षा अधिकारी तेजबहादुर थापाले शौचालय, विद्यालय मर्मतका लागि सहयोग गर्ने आवश्वासन दिनुभयो । उहाँले भन्नुभयो,“शिक्षक उपस्थित हुदैन भन्ने गुनासालाई अनुगमन गरेर सम्बोधन गछौं । ”
कार्यक्रम जिल्लाका पुर्विय गाविस सेरी, पिलाडी, लालिकाँड,ा खडकावाड, पश्चिम सिगौडी,राकमकर्णाली जम्वुकाँध, विशाला र चामुण्डा दुल्लु नगरपालिका साविक पादुका गाविस गरि १० गाविस ८३ विद्यालयमा सञ्चालन गरिएको सामाजिक सेवा केन्द्र सोसेकले जनाएको छ ।

प्रतिक्रिया