सरकार विकल्प होइन,अपुर्ण सरकार पुर्ण बनाइन्छ ः शर्मा

सरकार विकल्प होइन,अपुर्ण सरकार पुर्ण बनाइन्छ  ः शर्मा

भक्तबहादुर शाही
दैलेख माघ १३ गते । एमाओवादीका नेता जर्नादन शर्माले अपुर्ण सरकारलाई पुर्ण बनाउन सबै भन्दा ठुलो दल नेपाली काँग्रेसलाई राष्ट्रिय सरकारमा ल्याउनुपर्ने बताउनुभयो । हामीले सरकार ढाल्ने होइन् वरु सरकार बाहिर रहेका दललाई साथमा लिएर राष्टिय सरकार बनाए देशले संकटबाट उन्मुक्ती हुने छ । बुधवार नेपाल क्रान्तिकारी पत्रकार सँघ दैलेखले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

बुधवार दैलेखमा पत्रकारसँग कुरा गर्दै एमाओवादी नेता जर्नादन शर्मा
बुधवार दैलेखमा पत्रकारसँग कुरा गर्दै एमाओवादी नेता जर्नादन शर्मा

पार्टीको कार्यक्रमको लागि दैलेख जिल्लामा आएका एमाओवादी नेता एवं ६ नम्बर प्रदेशका इन्र्चाज शर्माले “संविधान २०७२ घोषणाले सबै जातजाती,वर्ण,लिङ्खलाई प्रशस्त अधिकार दिए छ । सिमांकनमा केही विवाद यथावत रहेको छ,त्यसलाई निमिट्यांन पार्ने नेपाली काँग्रस सहितको राष्ट्रिय सरकार जरुरी छ”उहाँले भन्नुभयो । सरकारले विशेष तरिकाले जनताका समस्या हल गर्न नसकेकोले देशमा कालो बजारी बढेको आरोप लगाउनुभयो । सरकारले जनताका मागलाई सम्बोधन गरेर पुनः निर्माण कार्यलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस राष्ट्रिय स्वाधिनता र अधिकारका लागि तत्काल सरकारमा आए आफ्नो पार्टीले महत्वपुर्ण मन्त्रालय छोडन तयार छ । “राष्ट्र संकटमा परेको बेला समाधानका लागि एमाओवादी संविधान कार्यान्वयनको लागि थोरै मन्त्रालय लिएपनि सरकारमा जान्छौं । देश संकटमा परेको बेला एमाओवादी मन्त्रालय भन्दा पनिसंकट समाधान चाहान्छ,” उहाँले थप्नुभयो । एमाओवादीबाट छुट्टिएर गएका माओवादी सँग कहिले एकता हुन्छ प्रश्नमा उहाँले भन्नुभयो ः जनयुद्ध थालनी भएको फागुन १ अगावै हामी एकजुट हुन्छौं । २०५२ फागुन १ बाट जनयुद्धको थालनी भएकोले बार्षिक उत्सवमा हामी एकजुट भएका देख्दा सबैदल अचम्म पर्छ । एमाओवादीबाट छुटिट्एर गएका किरण,मातृका माओवादी समुह बिच एकजुट हुन खुलासा गर्नुभयो ।
सार्वजनिक लेखा समितिका सभापति रहेका शर्माले सिमांकन समस्या राष्ट्रिय स्वाधिनता र सार्वभौसत्तासँग जोडिएको बताउनुभयो । संविधान संसोधनले असन्तुष्टि मधेशका मुद्दा सम्बोधन हुँदा मधेशमोर्चा सहमतिमा नआउनु विडम्बना रहेको बताउनुभयो । ‘मोर्चा सहमतिले आएनन् सरकाले छोडनु हुदैन । सरकारले वार्ता र संवादबाट समाधान खोज्दै जानुपर्छ । सरकार जिम्मेवारीबाट पन्छिनु हुदैन ’उहाँले भन्नुभयो ।
मधेशी मोर्चाले केही नेता विदेशको इसारा चलेको आरोप लगाउनुभयो । सिमांकन निहुँ बनाएर नेपाली जनतालाई गरि खान दिएका छैन् । तर मधेशका जनता राष्ट्रवादी छन् । कतिपय मधेशका नेतापनि राष्ट्रवादी छन् । भोकै भोक भएपनि दिनदिनै आन्दोलनमा छन् । भारतपनि नेपालको असल छिमेकी भएकाले भारतसँग छिमेकीको व्यवहार गर्नुपर्ने बताउनुभयो । तर राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताका लागि जनता जस्तै सबै राजनिति दलले पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया