कालो बजारी नियन्त्रण प्राथमिकता

कालो बजारी नियन्त्रण प्राथमिकता

दैलेख, चैत – मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रमुख डीआईजी माधवप्रसाद नेपालले लागू औषधि ओसारपसार तथा कालो बजारी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । DIG News
जिल्लाको शान्ति सुरक्षाको स्थिति बुझ्न दैलेख पुग्नुभएका डीआईजी नेपालले नाकाबन्दीको समयमा मौलाएको अवैध व्यापारको प्रभाव अझै पनि कायम रहेकोले नियन्त्रण आवश्यक रहेको औल्याउँनुभयो ।
उहाँले अपराध नियन्त्रण र राजस्व बढाउने समेतको काम गर्ने दोहोरो फाईदा भएको कारण आफू मध्यपश्चिमाञ्चल प्रमुख भएर आएपछि आफू अन्तरगतका सबै निकायलाई परिचालन गरेको उल्लेख गर्नुभयो ।
स्थानीय राजनीतिक दल र नागरिक समाजको सुझावपछि डीआईजी नेपालले पुलिस पब्लिक पार्टनरशीप अवधारणा अनुसार प्रहरीले नागरिक समाजको सहयोग खोजे अनुसारकै पाएको र समयमा प्रहरीको कमजोरी औल्याए सुधार गर्दै लैजान सजिलो हुने बताउनुभयो ।
त्यसअघि दैलेखका प्रहरी प्रमुख डीएसपी बीरबहादुर ओलीले जिल्लाको समसामयिक अवस्था, शान्ति सुरक्षा प्रभावकारी बनाई राख्न नागरिक समाज र प्रहरीको समन्वय अवस्था विषयमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया