सहकारीको सार्वजनिक सुनुवाइ

सहकारीको सार्वजनिक सुनुवाइ

ज्वाला सन्देश सम्वाददाता, दैलेख, १८ चैत – दैलेखको बिन्ध्यवासिनीस्थित राइली कृषि सहकारी संस्थाको बीऊ आलु उत्पादन उपआयोजनाका क्रियाकलाप पारदर्शी र जनहितमा काम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
Publik hearingसाना तथा मझ्यौला कृषक आयस्तर बृद्धि आयोजना (रिजमएफपी)को २४ लाख अनुदानमा सञ्चालन गरिने सो उपआयोजनाको बजेट कार्यक्रम बारे जानकारी गराउन बिन्ध्यवासिनीको टाटामाखुमा आज सार्वजनिक सुनुवाइ भएको हो ।
राइली सहकारी संस्थाको लेखा श्रेस्ता अझै व्यवस्थित गर्न सहकारी सञ्चालक समितिले अभैm बढी भूमिका खेल्नु पर्ने, कार्यक्रम सञ्चालक समिति, खरिद समिति र अनुगमन समितिलाई सक्दो धेरै समावेशी र गतिशील बनाउन सुझाव आएको थियो ।
त्यसबखत उठेका प्रश्नको जवाफ राइली कृषि सहकारी संस्थाका अध्यक्ष रत्ना शाही, व्यवस्थापक महेन्द्र मल्ल लगायतका पदाधिकारीहरुले दिनुभएको थियो । त्यसबखत सीडीपीका सहजकर्ता लक्ष्मी कार्की, किसान परियोजनाका ऐनबहादुर शाही, सहास नेपालका दिव्यराज दाहाल र सामाजिक सेवा केन्द्रका अविलाल जैसीले पनि कार्यक्रम प्रभावकारिताका निम्ति समुदायको सहयोग विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।
साना तथा मझ्यौला कृषक आयस्तर बृद्धि आयोजना (रिजमएफपी)को २४ लाख अनुदान र राइली कृषि सहकारी संस्थाको २९ लाख जनश्रम तथा श्रोत परिचालन गरी एउटा बीउ आलु भण्डारण गृह, ४ वटा सिंचाई पोखरी निर्माण लगायत सहकारीको कार्यालय व्यवस्थापन गर्न १ वर्षे कार्यक्रम भरखर सम्झौता भएको छ ।
सो सहयोगबाट बिन्ध्यवासिनीको टाटामाखुमा १ सय ५० क्वीण्टल क्षमताको बीऊ आलु भण्डारण गर्न सकिने बताइएको छ । अहिले सहकारीको २ क्वीण्टल भण्डारण गर्न सकिने क्षमताको एउटा भवन छँदैछ । जिल्ला कृषि विकास कार्यालयले बिन्ध्यवासिनीलाई बीऊ आलु पकेट क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया