वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम

वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम

 ज्वाला सन्देश सम्वाददाता
दैलेख, वैशाख १ गते, धमाका राष्ट्रिय दैनिक १० वर्ष पुरा भएको उपलक्षमा आफ्नो १० औ बार्षिक उत्सब तथा नयाँ वर्ष २०७३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । new 2073 new 2073 1वार्षिक उत्सबको अबसर पारेर दैलेख जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आउनु भएका विभिन्न व्यक्तित्वहरु लाई सम्मान गरेको छ । जसमा दैलेख जिल्लामा संचार क्षेत्रमा अतुलनिय सहयोग गरेको भन्दै कान्तिपुर दैनिकका प्रकाश अधिकारी, सुशासनका क्षेत्रमा काम गर्ने स्थानिय सरकारको जवाफदेहिता अभिबृद्धी परियोजना जिल्ला परियोजना सहयोग ईकाइ दैलेखको जिल्ला संयोजक दुर्लभ कुमार बोगटी, दलित महिलाको क्षेत्रमा काम गर्ने दलित महिला संघकी अध्यक्ष पार्व्ति विसुन्के, जिल्लामा शान्ति सुरक्षा कायम गर्नमा काम गर्नुहुने दैलेख प्रहरी प्रमुख डिएसपी विर बहादुर बली, व्यापारीको तर्फ बाट शंकार श्रेष्ठ, स्वास्थ्यको क्षेत्रमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा प्रमुख डा. निर्मल रसाइली लाई सम्मान गरेको छ ।

प्रतिक्रिया