मोटरसाइकल दुर्घटनामा परि दुइको मृत्यू, दुइ घाइते

मोटरसाइकल दुर्घटनामा परि दुइको मृत्यू, दुइ घाइते

पुणे, ९ जेठ । पुणेको भोसरीमा मोटरसाइकल दुर्घटनामापरि दुइ जनाको मृत्यू भएको छ भने २ जना घाइते भएकाछन । गत शुक्रबार तीव्र गतिमा विपरीत दिशातर्फ गइरहेका मोटरसाइकलहरु भोसरी स्थित एमआइडिसीमा एकापसमा ठोक्किएका थिए । मृत्यू हुनेमा दैलेख जिल्ला दुल्लु नपा ३ का २७ वर्षीय यूवा हर्क बहादुर विश्वकर्मा र अर्का एक स्थानीय युवा रहेको स्रोतले बताएको छ । गम्भिर दुर्घटनामा परि घाइते भएकाहरुलाई तत्काल एक स्थानीय अस्पतालमा लगिएको थियो भने डक्टरले दुवै घाइतेलाई मृत घोषण गरेका बताइएको छ । उता मोटरसाइकलको पछाडी बसेका मृतक हर्क विकका आफ्नै भाई मुकुन्द विक र मृतकका आफन्त टेकु विकको अस्पतालमा उपचार भइरहेको बताइएको छ । मृतक हर्क विकको पुणे स्थित उनका आफन्त एवं अन्य नेपाली संगंसंगठनहरुको पहलमा गत शनिबारै अन्तिम दाहसंस्कार समेत गरिएको छ । मृतक हर्कबहादुर विश्वकर्मा भोसरी स्थित काठको कम्पनीमा काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया