शैक्षिक गुणस्तर सुधार्न समुदायको समेत उत्प्रेरण आवश्यकता

शैक्षिक गुणस्तर सुधार्न समुदायको समेत उत्प्रेरण आवश्यकता

दैलेख, ३० चैत – चामुण्डा मावि हाडाकोटका प्रधानाध्यापक जयप्रसाद तिमिल्सिेनाले बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको अलवा अभिभावक र समुदायको समेत उत्प्रेरण आवश्यक हुने बताउनुभएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक)नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा चामुण्डामा भएको लैंगिक समानता, समावेशीकरण र मनोविमर्श सहायता सम्वन्धी ३ दिने तालिमको आज समापन समारोहका उहाँले सो कुरा बताउनुभएको छ । News Chamunda (3) News Chamunda (2) News Chamunda (1)
त्यसबखत प्रधानाध्यापक तिमिल्सिनाले तालिम सकिएपछि सिकेको सीप प्रयोगमा आउने बताउनुभयो । उहाँले भन्नुभयो ‘इच्छाशक्तिका साथ काम गर्न चाहेमा तालिमको सीप, ज्ञानले व्यवहारमा परिवर्तन ल्याउन सक्छ ।’
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले महिला तथा पिछडिएको सम्ुदायको निम्ति राज्यले नीति ल्याएको बताउनुभयो । उहाँले राज्यले ल्याएको नीति व्यवहारमा कार्यान्वयन गर्न आसन्न स्थानीय तहको निर्वाचन विशेष अवसर भएको व्याख्या गर्नुभयो । इन्सेक प्रतिनिधि सुनारले संविधानले प्रदान गरेको व्यवस्था अनुसार महिलाहरुले प्रतिनिधित्व गराउदाँ योग्य र जनउत्तरदायी उम्मेदवार छनौट गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सोसेक नेपालका परियोजना अधिकृत निर्मल अधिकारीले बालमनोविज्ञान बुझेर बालमैत्री शिक्षण सिकाई व्यवहारमा प्रयोग गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । त्यस वखत सोसेक नेपाल परियोजना अधिकृत बासुदेव उपाध्यायले शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताको सहभागिताले तालिमको सन्देश समाजका सबै क्षेत्र समेटेको बताउनुभयो ।
साविकको चामुण्डा गाविस क्षेत्रका विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयसेविका, सामुदायिक कार्यकता, समाजसेवी समेत २ समूहका ८० भन्दा बढी सहभागिता रहेको ३ दिने तालिममा लैंगिक समानता तथा समावेशीकरणका विषयमा चामुण्डा मावि प्रधानाध्यापक जयप्रसाद तिमिल्सिना र मनोविमर्श सहायता विषयमा इन्सेकका जिल्ला प्रतिनिधि मनोविमर्शकर्ता अमर सुनारले सहजीकरण गनुृभएको थियो ।

प्रतिक्रिया