द्वन्द्व रुपान्तरणमा उदाहरणीय कार्य

द्वन्द्व रुपान्तरणमा उदाहरणीय कार्य

दैलेख, असार १६ – दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले स्थानीय शान्ति समितिले सशस्त्र द्वन्द्व पीडितहरुलाई राहत तथा क्षतिपूर्ति दिलाउनेदेखि द्वन्द्व रुपान्तरणमा उदाहरणीय कार्य गरेको बताएका छन् । स्थानीय शान्ति समितिले आज दैलेख बजारमा आयोजना गरेको सरोकारवाला निकाय, समितिका पदाधिकारी र सदस्यहरुका लािग सम्मान कार्यक्रममा उहाँले सो विचार राखेका हुन् ।

IMG_20170630_084250 IMG_20170630_083755
कार्यक्रमा जिल्ला प्रशासन, नेपाली सेना, प्रहरी, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका कार्यालय लगायतका सरकारी निकाय, स्थानीय संचार माध्यम, स्थानीय शान्ति समितिका १० जना पूर्व जिल्ला संयोजक र हालका सदस्यहरु समेतलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रम स्थानीय शान्ति समितिका जिल्ला संयोजक पार्वती बिशुन्केले गरेकी थिइन् ।

प्रतिक्रिया