माइक्रोवस दुर्घटना

माइक्रोवस दुर्घटना

दैलेख, कात्तिक २४ – सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ५०१० नम्वरको माइक्रोवस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।

गुराँस गाउँपालिका-४  सियाकोट नजिक सडकबाट ३० मीटर तल खोल्सामा खस्दा गाडीले च्यापेको लास निकाल्न नसकिएको उद्धारमा संलग्न प्रहरी जवान कर्ण कुवरले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते चालक सहित ८ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । १० जना सामान्य घाइतेको डुंगेश्वर मेडिकलमा उपाचार भइरहेको छ ।

 

प्रतिक्रिया