जागिर लगाइदिन्छौ भन्दै ठगी

जागिर लगाइदिन्छौ भन्दै ठगी

दैलेख, चैत १८-जागिर लगाइदिन्छौ भन्दै ठगि गर्ने एक युवा पक्राउ परेका छन् । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. २ नाउलेकटुवाल (साविकको नाउलेकटुवाल गाउँविकास समिति वडा नं. ४ ) भई हाल बर्दिया साईपुर बस्दै आएका खड्क थापा पक्राउ परेका हुन् । उनले दैलेखको दुल्लु नगरपालिका वडा नं. १ बस्ने ३ जना युवाहरुलाई मासिक ४० हजार नेपाली रुपैँया बराबरको तलब पाउने जागीर लगाइदिने भन्दै ठगी गरेको भन्दै पक्राउ गरिएको हो । नेपाल आर्मी हुन नेपालगञ्ज जाने क्रममा चिनजान भई आफ्नै गाउँका शेर बहादुर खड्का, चक्र बहादुर खड्का (क) र चक्र बहादुर खड्का (ख) गरि ३ युवा बाट उनीहरु बाट जनही २ लाखका दरले पैसा लिएका थिए ।
भारतको बनारसमा लगि ५ दिने तालीम दिएर पुन युवाहरुलाई नेपालमा गएर ५ जना मान्छे बनाउनु पर्छ भन्दै २ लाखका दरले पैसा अशुल्न लगाउन खोजेपछि युवाहरुले आफु काम नर्गर्ने भन्दै पैसा फिर्ता मागेका थिए ।
पैसा फिर्ता माग्दा फारम भरिसेको दिन मिल्दैन भन्दै ज्यान मार्ने धम्की दिएपछि आफ्नो ज्यान नै खतरा परेपछि भागेर नेपाल आएका युवाहले इलाका प्रशासन कार्यालय दुल्लूामा ठगि गरेको भन्दै निवेदन दिएका थिए ।
५ बर्षमै पेन्सन र मासिक ४० हजारका दरले तलव पाउने आश गरेर गाँउबाट ब्याजे पैसा ल्याएर उनीहरुले बुझाएका थिए । पैसा बुझाएको २ महिना सम्म पनि कुनै वास्ता नभएपछि बाध्य भएर उनीहरु बिरुद्ध ठगि मुद्धा दिएको पैसा बmुझाएका युवा चक्र बहादुर खड्काले बताए । युवाहरुले पैसा लिने खड्क थापा र केशव थापाका बिरुद्ध ठगि मुद्धा हालेका थिए । उनीहरुको जाहेरीका आधारमा प्रहरीले एक जना खड्क बहादुर थापालाई मात्र पक्राउ ल्याएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक एकेन्द्र खड्काले बताए । उनले अन्य लाई समेत खवर गरेको र प्रहरीमा ल्याएपछि छलफल अगाडी बढाउने र दोषि पाइएमा कार्वाही पक्रिया अगाडी बढ्ने बताए ।

प्रतिक्रिया