शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक

शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक


दैलेख, बैशाख ३ – दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले विद्यालय र शैक्षिक विकासका संख्यात्मक काम धेरै भइसकेको र अव शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । ‘शिक्षा विकास तथा समन्वय इकाई’को हिजो उद्घाटन गर्दै उहाँले सो विचार राख्नुभएको हो ।
त्यस बखत प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनस्तरसम्म जवाफदेही तरिकाले सेवा, सुविधा पु¥याउन स्थानीय तह स्थापना भएको बताउदै सबैले सहयोग र बिश्वास गर्न आग्रह गर्नुभयो । स्थानीय तहले शिक्षाको विकासमा लगानी बढाउन र अनुगमनलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समन्वय अधिकारी नारायणबहादुर कुँवर, प्रहरी नायव उरीक्षक सरोज पौडेल लगायतका सरकारी अधिकारीहरुको उस्थिति थियो ।
राज्य पुनर्संचना स्वरुपमा लैजान सरकारको नीतिगत निर्णय अनुसार पहिलेको जिल्ला शिक्षा कार्यालयलाई जिल्ला प्रशासन कार्यालय अन्तरगत रहने गरी ‘शिक्षा विकास तथा समन्वय इकाई’ स्थापना गरिएको हो । सबै जिल्ला शिक्षा कार्यालयका कर्मचारी पठाएर स्थानीय तहमा खडा गराइएका ‘शिक्षा इकाई’ भने स्थानीय तहप्रति नै उत्तरदायी हुनेछन् ।

प्रतिक्रिया