शैक्षिक गुणस्तर सुधार आवश्यक

शैक्षिक गुणस्तर सुधार आवश्यक

दैलेख, वैशाख ७ – प्रतिनिधिसभाका साँसद रबिन्द्रराज शर्माले दैलेखको पहिलो क्याम्पस भएकोले नारायण क्याम्पसलाई सबै क्षेत्रको सहयोग पाए जसरी शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको बताएका छन् । नारायण क्याम्पसको २१ औं वार्षिकोत्सव कार्यक्रममा आज सो धारणा राखेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले नारायण क्याम्पस स्थापनाले महिलाहरुले आफ्नै ठाउँमा शिक्षा आर्जन गर्न पाएकोमा खुशी व्यक्त गरिन् । साँसद बिशुन्केले जिल्ला बाहिर गएर पढ्ने अवसर नपाउने महिलाहरुका लागि यो क्याम्पस स्वर्णिम अवसर बनेको व्याख्या गरिन् ।
त्यस बखत कर्णाली प्रदेशसभाका साँसद अम्मरबहादुर थापाले नारायण क्याम्पसको भौतिक व्यवस्थापनमा आफूले पहिले पनि सहयोग गर्दै आएको र अव पनि सहयोगमा कमी नहुने बचन दिए ।
नारायण क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर खत्री, स्ववियू सभापति रेखा थापा लगायतले क्याम्पसको शैक्षिक विकास र सहकार्यताको विषयमा बोलेका थिए ।
वार्षिकोत्सवको अवसरमा क्याम्पसका शिक्षकहरु मध्ये उत्कृष्ट सेवा गरेका नरसिंह थापा र कर्मचारी तर्फ प्रशासकीय अधिकृत गोविन्द मल्ललाई पुरस्कृत गरिएको थियो ।
अन्तर क्याम्प मैत्रीपूर्ण वक्तृत्वकला प्रतियोगितामा चामुण्डा क्याम्पसका रेशम अधिकारी, नारायण क्याम्पसकी चन्द्रा शाही र द्रोणाचल क्याम्पसका कृष्ण आचार्य प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यस्तै देउडा गीत प्रतियोगितामा चामुण्डा क्याम्पस, नारायण क्याम्पस, आठबीस क्याम्पस र द्रोणाचल क्याम्पस क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका छन् ।
स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको नारायण क्याम्पसका शिक्षक र विद्यार्थीवीचको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा अजय श्रेष्ठले नेतृत्व गरेको विद्यार्थी समूहले खेल जितेको छ ।
त्यसैगरी नारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख खगेन्द्रबहादुर मल्लले नारायण क्याम्पसबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्न स्थापना गर्नुभएको पुरस्कार यो वर्ष द्वारिका शर्मा, हरिप्रिया गुरुङ, सीता कँडेल र भीमा थापा मगरले प्राप्त गरेका छन् ।

प्रतिक्रिया