१४ बर्षको उमेरमा विवाह गरेकी पानकुमारीको संर्घष

१४ बर्षको उमेरमा विवाह गरेकी पानकुमारीको संर्घष

दैलेख : पान कुमारी आमाको गर्भ मै थिइन् । बाबुले अर्काे विवाह गरे। सौता हालेपछि बाबुआमाको ठाकठुक पर्यो। आमा माइत लागिन्, उनको जन्म उतै भयो।  दुई वर्ष बित्न नपाउँदै आमाले अन्तै विवाह गरिन्। बाबुआमाविहीन पानकुमारी मामाघरमा हुर्किन्। आठ कक्षा पढ्दै गर्दा उनको विवाह भयो। विवा हुँदा उनी १४ वर्षमा मात्रै टेकेकी थिइन्।

१७ वर्षकी हुँदा एक सन्तानकी आमा बनिन्। २३ वर्षमा तीन सन्तान भए। बाल विवाह गरेकै कारण उनको पाठेघर खस्यो। पीडा भोगिन तर लाजले कसैलाई भनिन्। तर, अहिले खुलेर समुदायमा विभिन्न सचेतना जगाउने गरेकी छिन्। महिलामाथि हुने विभिन्न हिंसा र बाल विवाह गर्न नहुने भन्दै गाउँमा अभियान चलाएकी छिन्। अभियानकर्ता भएपछि मात्रै उनले आफ्नो पाठेघर खसेको पत्तो पाइन्।

पाठेघर दुई पटकसम्म खस्यो, दोस्रो चरणमा उनले रिङ अलेकी छिन्। उनले भनिन्, ‘बाल विवाहकै कारण पाठेघर खस्ने समस्या हुने जानकारी पाएपछि अहिले गाउँमा अभियान चलाएकी हुँ।’ महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा र केड सुर्खेतको आर्थिक सहयोगमा महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत नमुना जोडी अभियानकर्ता बनेपछि उनी अहिले गाउँ–गाउँमा बाल विवाह नगर्न सुझाव दिँदै हिडेकी हुन्।  गाउँमा उनको आलोचना पनि हुने गरको छ।

आफैले बाल विवाह गर्ने अरुलाई बालविवाह नगर भन्दै हिँड्ने भन्दै गाउँमा उनको आलोचना हुने गरेको छ।  यद्यपी, उनी आलोचनाको पछि नलागि नमुना जोडि अभियानकर्ता भएपछि महिला घरेलु हिंसा, बहुबिवाह प्रजन्न स्वास्थ्य, पाठेर खस्ने समस्या वारेमा जानकारी पाएपछि समुदायमा जानकारी दिने गरेकी छिन्। अभियान सञ्चालन गर्दासमेत बाल विवाहमा कमी नआएको भन्दै चिन्तित् बनेकी छिन्।

प्रतिक्रिया