यौन दुव्र्यवहार र बलात्कार विरुद्ध बालिका

यौन दुव्र्यवहार र बलात्कार विरुद्ध बालिका


हिक्मत नेपाली
दैलेख, १३ कात्तिक ।
मुलुकको शासन व्यवस्था पटक पटक फेरिँदै आएपनि बालिका प्रति हेर्ने दृष्टिकोण र विभेद कायमै छ । अहिले पनि नेपालका ग्रामिण बस्ती देखि सहरी ईलाकासम्मका बालिकाहरु असुरक्षित छन् । विभिन्न समयमा बालिकाहरु यौन दुव्र्यवहार र बलात्कारको सिकार भईरहेका बेला दैलेखका बालिकाहरु यौन दुव्र्यवहार र बलात्कार विरुद्ध अभियानमा जुटेका छन् ।
दैलेखका विभिन्न क्षेत्रमा बालिका माथी यौन दुव्र्यवहार तथा जोखिम बढेको भन्दै त्यस विरुद्ध बालिकाहरुनै अभियानमा जुटेका हुन् । यहाँको नारायण नगरपालिका स्थित त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत बालिकाहरु यौन दुव्र्यवहार विरुद्ध एकताबद्ध भएर अभियानमा जुटेका हुन् । दैलेखमा संचालन भएको बालिका बचाउ अभियानले उक्त विद्यालयमा गरेको कार्यक्रममा उनिहरुले बालिका बचाउ विद्यालय समन्वय समिति समेत गठन गरेर एकताबद्ध भएका हुन् । ६ देखि १० कक्षा सम्म अध्ययनरत बालिकाहरुले ७ सदस्यीय समिति गठन गरेका छन् । उनिहरुले आफ्नो समुदाय र विद्यालयमा बालिका माथी हुने हिंसाजन्य घटनाहरु न्यूनिकरणका लागि काम गर्ने बालिका बचाउ अभियान दैलेखका संयोजक सजना सुनारले जानकारी दिनुभयो ।


बालिका बचाउ अभियान दैलेखले उक्त विद्यालयमा आयोजना गरेको कार्यक्रममा बालिकाहरु जोखिमका कारण, कस्तो अवस्थामा बालिका जोखिममा पर्दछन्, जोखिमबाट कसरी बच्ने, बालिकालाई कुनै पनि माध्ययमबाट आक्रमण हुन खोजेमा बच्ने उपाएबारे प्रशिक्षण दिईएको छ ।
बालिका तथा विद्यालयका शिक्षकहरुलाई यौन दुव्र्यवहार र बलात्कारका घटनामा हुने कानुनी कारवाहीबारे अधिवक्ता सर्वराज जोसीले जानकारी गराएका थिए । सम्भावित यौन हिंसा तथा बलात्कारबाट बच्न कराते प्रशिक्षक खगेन्द्र सिहले प्रशिक्षण दिएका थिए भने बालिकाहरु कस्ता ठाउँमा जोखिममा पर्ने गरेका छन्, जोखिमबाट कसरी बच्ने लगाएतका विषयमा अभियानका संयोजक सजना सुनारले प्रशिक्षण दिएकी थिइन् ।

सो अवसरमा बोल्नुहुँदै दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बालिका बचाउ अभियानले यौनजन्य तथा बलात्कारका घटना हुनै नदिन सहयोग पुग्ने बताउनुभयो । उहाँले यौन हिंसा र बलात्कार विरुद्ध बालिकाहरुनै जागरुक हुन सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले यौन दुव्र्यवहार र बलात्कारका घटाना हुनै नदिन यस्ता अभियानले सहयोग पु¥याउने बताउनुभयो । उहाँले अभियानलाई पत्रकार महासंघ र समग्र दैलेखका पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालयमा प्रधानाध्यापक निरक बहादुर तारामीले विद्यालय लक्षित कार्यक्रमले विद्यालयका बालिकाहरुलाई जोखिमबाछ बचाउन सहयोग पुग्ने बताउनुभयो । अभियानकी संयोजक सजना सुनारले नारायण नगरपालिकालाई लक्षित गरिएको अभियान जिल्लाव्यापी बनाउन यहाँका ११ वटै स्थानीय तहसंग समन्वय गर्ने जानकारी दिनुभयो । बालिका बचाउ अभियानको आयोजना, विद्यालयको समन्वयमा सम्पन्न भएको कार्यक्रमलाई नारायण क्याम्पस स्ववियू कमिटिको पनि सहयोग रहेको थियो ।

प्रतिक्रिया