छोरा जन्मिदा दमाह बजाउनु लैङ्गिक हिंसा हो ः उपप्रमुख थापा

छोरा जन्मिदा दमाह बजाउनु लैङ्गिक हिंसा हो ः उपप्रमुख थापा

मंसिर२४ दुल्लु । दुल्लु नगरपालीकाका उपप्रमुख बिष्णु थापाले छोरा जन्मियपछी छैटी खेलाउनु रमाइलो गर्नु र दमाह बजाएर घर लिनु लैङ्गिक हिंसा भयको बताउनुभयको छ ।
“लैङिगक हिंसा दुव्र्यवहार, छैन हामिलाई स्विकार ” भन्ने मुल नाराका साथ दुल्लु नगरपालीकाको आयोजनामा र आवाज संस्थाको सहकार्यमा मंसिर९गतेदेखि २४गतेसम्म गरीएको १६ दिने अभियानको सोमबार समापन कार्यक्रममा बोल्दै यस्तो बताउनुभयको हो । महिलाले कुनै पनि कुरामा पछि नपर्न आग्रह गर्दै अक्षर र भाषणमा मात्र सिमीत नभई व्यवहारमा उतार्न आवाश्यक भयको बताउनुभयको छ । साथै— आउदो समयमा लैङिगक हिंसा विरुद्धका हरेक कार्यक्रमलाई प्राथमिक्ता दिईने र नगरबाट यस्ता कार्यक्रममो लागि आर्थिक स्रोत छुट्रयाउने उद्घोष गर्नुभयो ।
समाजमा भयका कुख्यात अपराध , वालविवाह , छाउपडि लगायतका प्रथाको न्युनिकरण गर्ने मुल ध्यायको साथ मंसिर ९गते दुल्लुको पटाङ्गिनीमा दिप प्रजलन गरी सुरु गरीएको थियो ।
“कार्यक्रमको अवधिभर दुल्लु नगरपालीकाका १३ वटै वडामा बिविध कार्यक्रम गरेर महिलालाई जागरुक बनाउ महिलाले खेप्नु परेका हरेक सामाजिक कुरीतीलाई सकरात्मक सोच र परीर्वतनमा सावित गर्न सके समाजमा रहेका त्यस्ता प्रथाको अन्त्य गर्न सकिने दुल्लु नगरपालीका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बताउनुभयो । ” साथै शर्माल समय सापेक्षित स्वरुप नारीहरुले पनि चल्न सक्नु पर्छ र हरेक ठाउँमा नारीहरुले सक्रियता हुन सके मात्र नारीहरु परिर्वतन र शिर्जनशिल हुनसक्नेमा धारण व्यक्त गर्नु भयको थियो ।
समापन कार्यक्रममा वाल विवाह र घरेलु हिंसा प्रभावित दुल्लु नगरपालीका —५ कि भद्रा वि.कलाई रु.पाँच हजार आर्थिक सहयोग गरीयको थियो । भद्राको श्रीमानले दोस्रो विवाह गरेको र छोरालाई पालन पोषण गर्न कठिन भयको कारण सहयोग गरीएको आवाज संस्था दुल्लुका प्रमुख शेर बहादुर कुमालले बताउनुभया।े , दुल्लु नगर भित्रका विभन्नि विद्यालयहरुमा शिक्षक अभिभावक संघ, विद्यालय व्यबस्थापन समिती , शिक्षक अभिभावक र वालबालीका , १० देखि १६ बर्षका वालबालीका , लगाएत बालसुलभ केन्द्रका अभिभावक र विद्यार्थिहरु बिच लैङ्गिक हिंसाको मुल कारण वालविवाह भयकोले यस्ले समर्ग जिवनमा पार्ने नकरात्मक प्रंभावहरुको बारेका अन्तरक्रियात्मक कार्यक्र संचालन गरीयको उहाले बताउनुभयो ।
कार्यक्रममा दुल्लु नगरपालीका भित्रका हरेक सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरुले आफ्आफ्नो धारण व्यक्त गरेका थिए ।

प्रतिक्रिया