शिशु स्वास्थ्यमा संवेदनशील हुन आग्रह

शिशु स्वास्थ्यमा  संवेदनशील हुन आग्रह

दैलेख, २७ मंसिर ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले शिशु स्वास्थ्यमा संवेदनशिल हुने सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् । बिहिवार जिल्ला स्वास्थ्य कार्यालयमा सेभ द चिल्ड्रेन द्धारा संचालित नेपाल स्वास्थ्य परियोजनाकाको छलफल तथा समापन बैठकमा बोल्दै प्रमुख थापाले यस्तो आग्रह गरेका हुन् । स्वास्थ्य विकासको आधार भएको प्रमुख थापाको भनाई छ ।

जिल्लामा राष्ट्रिय तथा गैसस द्धारा संचालित विभिन्न कार्यक्रम तथा परियोजनाले कुनै निश्चित समयसम्म मात्रै काम गर्ने बताउँदै थापाले त्यसलाई निरन्तरता दिने जिम्मेवारी स्थानीय सरकारको भएको धारणा राखे । परियोजना तथा कार्यक्रमले गरेका राम्रा काम तथा राम्रा प्रयासहरुलाई सबैले अनुशरण गर्नुपर्ने थापाको भनाई छ ।
सेभ द चिल्ड्रेन क्षेत्रिय कार्यालय सुर्खेतका धना भुषालले सेभ द चिल्ड्रेनले सरकारले तय गरेको लक्ष पुरा गर्ने गरी काम गरेको बताइन् । केन्द्र देखि स्थानीय तहका सरकारसँग समन्वय गरि काम गरेको बताउँदै भुषालले परियोजनाले प्रदान गरेको स्रोतहरुको सहि सदुपयोग गर्न आग्रह गरिन् । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले सेभ द चिल्ड्रेनले गरेको उत्कृष्ठ कार्यले जिल्लाको स्वास्थ्य क्षेत्रमा सकारात्मक सुधार हुँदै गएको बताए ।

कार्यक्रममासेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक राकेश यादवले परियोजनाले २ बर्षको अवधीमा संचालन गरेको गतिवीधीबारे जानकारी गराएका थिए । उनका अनुसार सेभ द चिल्ड्रेन द्धारा संचालित नेपाल स्वास्थ्य परियोजना संचालन अवधी यहि डिसेम्बर देखि सकिएको छ । नवजात शिशु, ५ बर्ष मुनीका बच्चा, गर्भवती महिला, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्ंयम सेविका, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति र समुदायलाई लक्षित गरि सन २०१७ देखि संचालनमा आएको उक्त परियोजनाले दुई बर्षे अवधीमा १ करोड ७५ लाख बढी रकम खर्च गरेको यादवले बताए ।

परियोजनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ३४ जना अनमीहरुलाई दक्ष प्रसुतीकर्मीको तालिम प्रदान गरेको छ । यस्तै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई तालिम, प्रसुती केन्द्रलाई औजार तथा उपकरण सहयोग, प्रसुती केन्द्र मर्मत तथा सम्भार, महिला स्वास्थ्य स्ंयम सेविकालाई जीवन सुरक्षा सम्बन्धि तालिम लगाएतका कामहरु गरेको यादवको भनाई छ । परियोजना दैलेखको नौमूले, भगवतीमाई, महावु, गुरासँ, डुङ्गेश्वर, ठाटीकाँध, भैरवी गाउँपालिका तथा नारायण, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकाका २८ वटा स्वास्थ्य संस्थामा संचालित थियो ।

प्रतिक्रिया