डकर्मी तालिम सम्पन्न

डकर्मी तालिम सम्पन्न


दैलेख पुस २३ ।
नारायण नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको संयुक्त आयोजनामा सञ्चालन भएको भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी १ हप्ते तालिम सदरमुकाममा सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा नगरप्रमुख खड्काले निर्माण व्यवसायलाई अझैं निखार ल्याउन संगठित रुपमा काम गर्न सुझाव दिए ।
इञ्जिनियर द्वय जगदीश बिष्ट र बालकृष्ण लम्सालले सहजीकरण गरेको तालिममा उपयुक्त स्थानको छनौट, नक्सांकन, भवन संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, भारबहन पद्धति, गारो अथवा सिमेण्ट–सरियाकासंग वैकल्पिक सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिएका थिए ।
सहभागी २५ जना भवन निर्माण काममा क्रियाशील डकर्मीहरुलाई तालिमको सुरुवातमा भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी पूर्वज्ञानको अवस्था ३९ प्रतिशत पाइएकोमा र तालिमपछि लिइएको परीक्षामा ६९ प्रतिशत सीप बृद्धि भएको बताइएको छ ।
तालिममा सिकाइएको विषयबस्तुले भूकम्प प्रतिरोधी घर निर्माणका लागि चाहिने सीप, ज्ञान तथा निर्माण सामग्री गुणस्तर र निर्माण सामग्रीका जैबिक विशेषता बारे प्रयोगात्मक ज्ञान प्राप्त भएको तालिमका सहभागी नमराज सार्कीले बताए । तालिममा ६ जना दलित सहित २५ जना डकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया