बाह्य जिल्लाबाट कामदार ल्याउन रोक

बाह्य जिल्लाबाट कामदार ल्याउन रोक

दैलेख साउन २९ गते ।
जिल्ला प्रशासन कार्यालय दैलेखले कुनै पनि प्रयोजनका लागि बाह्य कामदार ल्याउन रोक लगाएको छ । बिहीबार एक सूचना जारी गर्दै प्रशासनले बाह्य जिल्लाबाट कामदार ल्याउन रोक लगाएको हो । जिल्ला सुरक्षा समितिको बिहीवार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि यस्तो निणर्य गरेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
प्रशासनले अत्यावश्यक सवारी साधनबाहेक सबै किसिमका सवारी साधनहरुलाई अन्तर जिल्ला आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । जिल्लाको आन्तरिक आवागमनमा नीजि र सरकारी मोटलसाइकलमा चालक सहित २ जना र अटो रिक्सामा चालक सहित ३ जना र मालवाहक सवारी साधनमा चालक सहित २ जना मात्र सवारी हुने गरि सञ्चालन गर्न दिईने प्रशासनले जनाएको छ ।
होटल व्यवसाय सञ्चालनका क्रममा आवासको हकमा आवासको क्षमताको ५० प्रतिशत तथा खाना खाजाको हकमा प्याकिङ र होम डेलिभरी सेवा मात्र सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको सूचना ।

प्रतिक्रिया