बाल दिवसमा दलित बालबालिकालाई शैक्षिक सामग्री सहयाेग

बाल दिवसमा दलित बालबालिकालाई शैक्षिक सामग्री सहयाेग

दैलेख भदौ २९ गते ।
राष्ट्रिय बाल दिवसको अबसरमा भैरबी गाउँपालिकाका दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ मनाइएको दिवसमा भैरबी गाउँपालिका वडा नम्बर २, ४, ६ र ७ का २० जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र भैरबी गाउँपालिकाको समन्वयमा परिवर्तनशिल बाल सञ्जालद्धारा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो ।


भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा, उपाध्यक्ष पदम कुमारी बिस्ट प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली लगाएतका जनप्रतिनीधि कर्मचारी तथा बालबालिकाहरुको उपस्थितीमा शैक्षिक सामग्री वितरण गरिएको एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । सोहि अबसरमा अन्तरक्रिया समेत गरिएको छ ।


यसैबीच
एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको सहजिकरणमा भैरबी गाउँपालिका वडा नम्बर १ मा बाल अधिकार, बाल संरक्षणबारे अन्तरक्रिया गरिएको छ । यहाँ गठित ज्वाला बाल क्लबका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा ज्वाला बाल क्लब र फुलबारी बाल क्लबका सदस्यहरुको सहभागितामा छलफल गरिएको बताईएको छ ।

प्रतिक्रिया