७ महिनामै सिडिओ सुनारको सरुवा, प्याकुरेल दैलेखको नयाँ सिडिओ

७ महिनामै सिडिओ सुनारको सरुवा, प्याकुरेल दैलेखको नयाँ सिडिओ

दैलेख: दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको सरुवा भएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सुनारलाई जिल्ला प्रशासन कार्यालय बर्दियामा सरुवा गरिएको हो । गत साउन २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट सुनारलाई दैलेखको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी तोकिएको थियो । दैलेखको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यभार सम्हालेको ७ महिना नबित्दै उनलाई जिल्ला प्रशासन कार्यालय बर्दिया सरुवा गरिएको हो ।
अब दैलेखको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हरिबहादुर प्याकुरेलले सम्हाल्नेछन् । गृह मन्त्रालयले दैलेखका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हरिबहादुर प्याकुरेललाई दिएको हो । मन्त्रालयले प्याकुरेललार्य सिडिओ बनाएर पठाएको हो । प्याकुरेल जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।
गृह मन्त्रालयले दैलेख सहित अन्य जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी (सहसचिव र उप–सचिव) को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयले दैलेख सहित गोरखा, कास्की, बागलुङ, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी, इलाम, सल्यान, कैलाली, उदयपुर, दाङ, सप्तरी, ओखलढुंगा, सर्लाही, महोत्तरी, बाँके, काठमाडौँ, नुवाकोट, धादिङ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
हेर्नुहोस् सूची

प्रतिक्रिया