उपचारमा आर्थिक अभाव झेलिरहेका भरतलाई दक्षिण कोरियाबाट सहयोग

उपचारमा आर्थिक अभाव झेलिरहेका भरतलाई दक्षिण कोरियाबाट सहयोग

दैलेख : जिल्लाको नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजालीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । दक्षिण कोरीयामा रहेका नेपालीहरुले संकलन गरेर पठाईएको रकम बिहीवार हस्तान्तरण गरिएको हो । नारायण नगरपालिका–१० भवानी दैलेखका बखतबहादुर थापाको संयोजकत्वमा सुर्खेतका तुलस गुरुङ, कालिकोटका ललितजंग राना, दैलेखका आइपी लामिछाने, सुर्खेतका ललित थापा, सुर्खेतकै लक्ष्मीनारायण बस्नेत, दैलेखका बामदेव गौतम, भोजपुरका सन्तोष ताम्लिङ राई, सुर्खेतका महेश महतरा, पोखराका प्रविन पौडेल, मोरङका रोजन विक, सोलुखुम्बुका साजन राई, सुर्खेतका प्रेम विसीले सहयोग रकम संकलन गरेर पठाएको ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका बिच भरतका छोरा र छोरीको रोहबरमा भरतका भाई दुर्गबहादुर सिजालीलाई सहयोग रकम ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । दैलेखमा लामो समय देखि समाजसेवामा लागिपरेका लोकेन्द्र जिसी कुमारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । पत्रकारहरु अमर सुनार, विशाल सुनार, हिक्मत नेपाली, अधिकारकर्मी रमा श्रेष्ठ लगाएतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।


सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी तथा कलाकार लोकेन्द्र जिसी कुमारले भरतबहादुर सिजालीको उपचारमा आर्थिक अभाव भईरहेको समाचार पढेपछि दक्षिण कोरीयामामा रहेका नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेको बताए । ‘मैले उहाँहरुलाई गरेका आग्रहलाई सहर्ष स्वीकार गरेर सिजालीको उपचार खर्च स्वरुप ४० हजार सहयोग पठाईदिनुभयो, हामीले भरतको परिवारलाई हस्तान्तरण गरेका छौ,’ जिसीले भने । उनले भरतको उपचारका लागि सहयोग रकम पठाउने बखत थापा लगाएत सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरे । उनले भरतको उपचारका लागि थप सहयोग गरिदिन समेत आग्रह गरेका छन् । नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली पक्षघात मेरुदण्डका बिरामी (प्यारालाइसिस) ले थला पारेपछि उपचारमा आर्थिक अभाव भएको समाचार विभिन्न सञ्चारमाध्ययममा प्रकाशित भएका थिए । भरत हाल उपचारकै क्रममा छन् ।

प्रतिक्रिया