राष्ट्रिय फोटो पत्रकार समुह दैलेखमा नेपाली

राष्ट्रिय फोटो पत्रकार समुह दैलेखमा नेपाली

दैलेख : पत्रकार हिक्मतबहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको ९ सदस्यीय कार्य समिति चयन भएको छ । दैलेख सदरमुकाममा भएको स्थानीय तथा राष्ट्रिय संचार गृहमा कार्यरत पत्रकारहरुको भेलाले नेपालीलाई अध्यक्ष चुनेको हो । नवगठित शाखाको अध्यक्षमा चयन भएका पत्रकार नेपाली अन्नपूर्ण पोस्ट् र ज्वाला सन्देश अनलाइनमा कार्यरत छन् । भेलाले उपाध्यक्षमा पत्रकार उदयराज अधिकारीलाई चयन गरेको छ । उनि थाहा खबर र धमाका दैनिकमा कार्यरत छन् । यस्तै सचिवमा यामराज विष्ट र कोषाध्यक्षमा कृष्णप्रसाद अधिकारीलाई चयन गरेको छ । विष्ट मध्यान्न दैनिक र पश्चिम नेपाल अनलाइनमा कार्यरत छन् भने अधिकारी सौर्य दैनिकमा कार्यरत छन् । जिल्ला शाखाको सदस्यहरुमा पत्रकारहरु कमला विसी, प्रेमिका सिंह, राकेश विक, खगेन्द्र खड्का र धरमरत्न थापामगर चयन भएका छन् । सदस्यहरू बिसि रेडियाे ज्वाला, सिंह गज्जब नेपाल अनलाइन, विक र खड्का रेडियाे ध्रुवतारा एफएम र थापामगर पालिका खबरमा कार्यरत छन् । भेलाले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु शर्मा, पत्रकारद्धय गोविन्ददेव भारती र कमल शर्मालाई सल्लाकार समितिमा चयन गरेको हो । भेलामा नेपाल पत्रकार महासंघका दैलेखका पूर्व अध्यक्ष विष्णु शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोविन्ददेव भारती र गोरखापत्र दैनिकमा कार्यरत कमल शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका उपाध्यक्ष बालकुमारी बुढा, सदस्य मिरा स्वर्णाकार लगायतको उपस्थिती थियो । ९४ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकै दिन आयोजित भेलाले स्वदेश तथा विदेशमा रहनुभएका फोटो पत्रकारहरु, फोटोग्राफीमा रुची राख्ने सम्पूर्णमा शुभकामना समेत दिईएको छ । भेलापछि नवगठित शाखाको अध्यक्ष नेपालीले फोटो पत्रकारहरुको हक, हित र वृत्ति विकास तथा फोटोको माध्ययमबाट दैलेख जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने गरी विभिन्न कार्यहरु गरिने बताए । त्यसलगत्तै राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको पहिलो पूर्ण बैठकले केहि महत्वपूर्ण निणर्यहरु गरेको सचिव यामराज विष्टले बताए । बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको महामारीबाट दैलेख जिल्ला पनि अछुतो रहन नसकेको अवसथामा महामारीलाई परास्त गर्न जिल्लास्थित स्थानीय सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारी शिक्षक, संघ संस्थाहरु लगाएत जिल्लाबासीलाई अपिल गरेको छ ।

प्रतिक्रिया