चट्याङले लागेर एमाले नेताका दम्पती घाइते

चट्याङले लागेर एमाले नेताका दम्पती घाइते

दैलेख : दैलेखमा चट्याङले लागेर एमाले नेताका दम्पती घाइते भएका छन् । नेकपा एमाले जिल्ला कमिटि दैलेखका सदस्य ४८ बर्षीया यामनारायण उपाध्याय र उनका पत्नि ४५ बर्षीया बसन्ता उपाध्याय घाइते भएको छन् । नारायण नगरपालिका–६ काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर यामनारायण र बसन्ता घाइते भएको एमाले नेता जनक न्यौपानेले बताए । दुवै जनाको झण्डै एक घण्टापछि होस खुलेको नेता न्यौपानेले ज्वाला सन्देशलाई जानकारी दिए ।
उनिहरुको अहिले दैलेख अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक ईन्द्रजीत सुनारले जानकारी दिए । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरिक्षक सुनारले जानकारी दिए ।

प्रतिक्रिया