दैलेखका लागि अक्सिजन सिलिण्डरको व्यवस्थापन : बस्नेतले पठाए अक्सिजन सहितको १५ वटा सिलिण्डर

दैलेखका लागि अक्सिजन सिलिण्डरको व्यवस्थापन : बस्नेतले पठाए अक्सिजन सहितको १५ वटा सिलिण्डर

दैलेख : कोरोना भाइरस (ककोभिड–१९) संक्रमितको उपचारमा मुलुकका विभिन्न जिल्लामा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव देखिदैँ आएको छ । दैलेखमा पनि अक्सिजन आवश्यक पर्ने कोरोेना संक्रमितहरुको संख्या बढ्दै गएको छ । यस्तो अवस्थामा अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन भईरहेको छ ।
सोहि क्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा दैलेख जिल्लाको लागि अक्सिजन सहितको १५ वटा सिलिण्डर दैलेख ल्याईएको छ । अक्सिजन सहितको १५ वटा सिलिण्डर बिहीवार दैलेख अस्पतालमा ल्याईएको होे । अक्सिजन सहितको १५ वटा सिलिण्डर मध्ये १० वटा दैलेख अस्पतालमा राखिएको छ । बाँकी पाँच वटा भगवतीमाई गाउँपालिकाका लागि पठाईएको छ । बैशाख अन्तिम साता मात्रैै अध्यक्ष बस्नेतले दैलेख अस्पतालमा १५ वटा ठूला अक्सिजन सिलिण्डर पठाएका थिए । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएका बेला उनै बस्नेतको पहलमा कालिकोटबाट अक्सिजन सिलिण्डर ल्याईएको थियो ।
दैलेखमा पनि कोरोना संक्रमणकोे दर बढिरहेका बेला बस्नेतको पहलमा दैलेख ल्याईएको अक्सिजन सहितको सिलिण्डरले कोरोना संक्रमण पुष्टि भई अक्सिजन चाहिने बिरामीहरुका लागि राहत हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
भगवतीमाई गाउँपालिकाका लागि तोकिएको पाँच वटा अक्सिजन सहितको सिलिण्डर स्वास्थ्य शाखामा पु¥याईएको गाउँपालिकाका उपाध्यक्ष चन्द्रा रेग्मीले बताईन् । उपाध्यक्ष रेग्मीले गाउँपालिकाका लागि अक्सिजन सहितको सिलिण्डर सहयोग गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलाई धन्यवाद समेत दिईन् । बस्नेतले यस अघि दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत गुराँस, महाबु र भैरबी गाउँपालिकाका लागि तीन÷तीन वटा गरी नौ वटा ‘पल्स अक्सिमिटर’ पठाएका थिए ।

प्रतिक्रिया