आठबीस नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामग्री

आठबीस नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामग्री

दैलेख (राकमकर्णाली) : निम्बस नेपालले कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्ध लड्न अग्रपंक्तिमा रहेर सेवा दिने निकायहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आठबीस नगरपालिकाको स्वास्थ्य शाखा र इलाका प्रहरी कार्यालय राकमकर्णालीलाई मास्क र सेनीटाइजर सहयोग स्वरुप प्रदान गरिएको हो ।

निम्बस नेपाल कोहोलपुरका प्रबन्धक प्रदिप कंडेलको समन्वयमा कम्पनीको आधिकारिक डिलर पुष्पा पोल्ट्री फिड सप्लायर्सका संचालक नगेन्द्र बहादुर शाही मार्फत सहयोग हस्तान्तरण गरिएको छ ।

आठबीस नगररपालिकाको स्वास्थ्य शाखाका लागि शाखा प्रमुख देवराज तिमिल्सिनालाई ७ सय पीस सर्जिकल मास्क, ३ सय वटा एननाइन्टी फाइभ मास्क र १० लिटर सेनीटाइजर हस्तान्तरण गरिएको छ ।

ईलाका प्रहरी कार्यलय राकम कर्णाली, तिलेपाटा प्रहरी चौकी र सिगौडी प्रहरी चौकीका लागि ईलाका प्रहरी कार्यलय राकमकर्णालीका इन्चार्ज पुष्पबहादुर कडायलाई ५ सय पीस सर्जिकल मास्क, २ सय ५० वटा एन नाइन्टीफाइभ मास्क र १० लिटर सेनीटाइजर हस्तान्तरण गरिएको छ ।

 

प्रतिक्रिया