सचेतनामुलक कार्यक्रम गरी मनाइयो महिनावारी स्वच्छता दिवस

सचेतनामुलक कार्यक्रम गरी मनाइयो महिनावारी स्वच्छता दिवस


दैलेख : शुक्रवार अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको अगुवाईमा विभिन्न कार्यक्रम गरिएको हो ।
दिवसका अबसरमा भैरबी गाउँपालिका–१ मा गठित हरियाली युवा क्लबका युवती र फुलबारी बाल क्लवका बालिकाहरूलाई महिनावारी के हो ? महिनावारीका बेला सेनेटरी प्याड निर्माण र प्रयोग गर्ने तरिकाबारे जानकारी गराईएको छ ।
भैरबी गाउँपालिका–४ का महिलाहरुलाई सेनेटरी प्याड निर्माण, मर्यादित महिनावारी सम्बन्धी जानकारी तथा साबुन पानीले हात धुन सिकाईएको छ । त्यसैगरी कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुमा गठित महिला समुहका सदस्यहरुलाई मर्यादित महिनावारीबारे जानकारी गराईएको छ ।

 

प्रतिक्रिया