६ जना बालबालिकालाई खाद्यान्न, आठ जनालाई छात्रबृति

६ जना बालबालिकालाई खाद्यान्न, आठ जनालाई छात्रबृति

दैलेख : बाल हेल्पलाइन १०९८ दैलेख, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालबालिकाहरुलाई सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित (अभिभावक कोरोना संक्रमित भएका र कोभिडका कारण अभिभावक गुमाएका) बालबालिका र बाढी पहिरो तथा आगलागीबाट प्रभावित बनेका ६ घरपरिवारका बालबालिकालाई सहयोग गरिएको हो ।
आइतवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बालबालिकालाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठका अनुसार प्रतिपरिवार एक बोरा चामल, २ केजी दाल, २ लिटर तेल, २ प्याकेट नुन, एक केजी नुन, एक केजी चिनी, एक प्याकेट चियापत्ती, २÷२ वटा कपडा धुने र नुहाउने साबुन, एक वटा टुथपेस्ट, एक वटा ब्रस, एक बोटल सेनीटाइजर र ५० वटा मास्क सहयोग गरिएको हो ।
यस्तै जोखिममा परेका ८ जना बालबालिकाहरुलाई छात्रबृति सहयोग गरिएको हेल्पलाइन संयोजक श्रेष्ठले बताइन् । भगवतीमाई गाउँपालिकाका ६ जना र नारायण नगरपालिकाका २ जनालाई छात्रबृति सहयोग उपलब्ध गराईएको हो । बाल हेल्पलाइन संयोजक श्रेष्ठका अनुसार प्रति बालबालिका विद्यालय पोषाक, झोला, सुइटर, २० वटा कापी एक एक दर्जन डट्पेन र पेनसिल, ज्यामतीबक्स सहयोग गरिएको हो ।

प्रतिक्रिया