दैलेखमा ५२ दिनपछि निषेधाज्ञा खुकुलो

दैलेखमा ५२ दिनपछि निषेधाज्ञा खुकुलो

दैलेख : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दैलेख जिल्लाभर वैशाख २१ देखि जारी निषेधाज्ञा शुक्रवारबाट खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको जिल्ला सुरक्षा समितिको बैडकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । निषेधाज्ञालाई खुकुलो पारिएको भएपनि थप एक साता भने निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण निषेधाज्ञालाई खुकुलो पार्दै निषेधाज्ञाको समयावधी थप गरिएको बताए । थप गरिएको निषेधाज्ञा असार १७ गतेसम्म कामय रहने बताइएको छ । प्रशासनका अनुसार ब्यूटीपार्लर, सैलुन, होटल, रेष्टुरेन्ट र चियानास्ता पसल बाहेकका व्यवसायहरु शनिवार बाहेक दिउँस ४ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न पाइनेछ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा जारी सूचना ।

 

 

प्रतिक्रिया