बाल यौन दुरुपयोग कसूरदारलाई एक वर्ष कैद

बाल यौन दुरुपयोग कसूरदारलाई एक वर्ष कैद

दैलेख : १५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार घटनाका कसूरदार दुल्लू नगरपालिका–१३ मालिकाका २२ वर्षीय रामबहादुर शाहीलाई दैलेख जिल्ला अदालतले आज एक वर्ष कैद र १० हजार जरिवाना गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट एक वर्ष कैद र १० हजार जरिवानाको अलवा ४ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।
०७७ साउन ११ गते भएको भनिएको उक्त यौनदुव्र्यवहार घटना बाल यौन दुरुपयोग भएको ठहर गर्दै उक्त फैसला भएको बताइएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो । घटनाको दुई दिनपछि साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको जाहेरी र प्रहरीले अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७७ भदौ ७ गते दैलेख जिल्ला अदालतमा अभियोग पेश गरेको थियो ।
अभियोग भएकै दिन भएको थुनछेक बहसपछि दिन जिल्ला न्यायाधीश दण्डपाडी लामिछानेको इजलासबाट पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो । यो फैसलाको आधारमा कसूरदारले जरिवाना र पीडित राहत कोषमा जम्मा गरेमा आउँदो साउन १३ गते कैद भुक्तान हुनेछ ।

 

प्रतिक्रिया