अन्तर्राष्ट्रिय युवा दिवसमा बक्तृत्वकला प्रतियोगिता

अन्तर्राष्ट्रिय युवा दिवसमा बक्तृत्वकला प्रतियोगिता

दैलेख : बिहीवार १२ अगष्ट, अर्थात २२ औ अन्तर्राष्ट्रिय युवा दिवस । नेपाल सहित विश्वभर ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ युवा दिवस मनाईएको छ । युवासँग सम्बन्धित गैरसरकारी संघ–संस्थाहरू दिवस मनाएका छन् । दैलेखको भैरबी गाउँपालिकामा भने बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

युवा दिवसको अबसरमका गाउँपालिकास्तरिय लकडाउनको समयमा युवालाई पारेको असरबारे बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । एईआइएन लक्जेम्बर्ग र एनसीई नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र भैरबी गाउँपालिकाद्धारा आयोजित प्रतियोगितामा पार्वती थापा प्रथम, बिरेन्द्र खनाल द्धितिय, धिरेन्द्र सापकोटा तृतिय र गणेश विक र टंकप्रसाद आचार्य सान्तोना भएका छन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विस्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंलागी, गाउँपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनीधि तथा युवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया