बाल हेल्पलाइन तथा महिला र बालबालिका केन्द्रले दिईरहेको सेवा उत्कृष्ठ : डीएसपी श्रेष्ठ

बाल हेल्पलाइन तथा महिला र बालबालिका केन्द्रले दिईरहेको सेवा उत्कृष्ठ : डीएसपी श्रेष्ठ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रले दिईरहेको सेवा उत्कृष्ठ रहेको बताएका छन् । आफ्नो १५ महिने कार्यकाल सकेर हालै प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा भई जान लागेका डीएसपी श्रेष्ठले यस्तो बताएका हुन् ।

बुधवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा आयोजित बिदाई कार्यक्रममा डीएसपी श्रेष्ठले सोसेक नेपालले महिला र बालबालिकाको क्षेत्रमा गरेको कामको प्रशंसा गरे । आफ्नो कार्यकालमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले अतुलनीय सहयोग पु¥याएको डीएसपी श्रेष्ठको भनाई थियो ।

बिदाई कार्यक्रममा डीएसपी श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुका साथै दोसल्ला ओडाएर बिदाई गरिएको छ । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरी, टिम लिडर डम्बर कार्की, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ, प्रशासन अधिकृत माया राना, बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विक लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया