लोकप्रिय मत सहित सीताकुमारी राना महाधिवेशन प्रतिनिधि निर्वाचित

लोकप्रिय मत सहित सीताकुमारी राना महाधिवेशन प्रतिनिधि निर्वाचित

दैलेख : नेपाली काँग्रेसको महिला नेतृ एवं नेपाल महिला संघ दैलेखका सभापति सीताकुमारी राना अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त मंगलवार भएको क्षेत्रिय अधिवेशनबाट राना केन्द्रिय महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी हुन् ।

दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा रानाले निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी थिइन् । बुधवार साँझ प्राप्त मत परिणाम अनुसार रानाले ४ सय ३ मत प्राप्त गरिन् । रानाले महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

नेपाली काँग्रेसको यस अघिको महाधिवेशनमा समेत केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेकी रानाले लोकप्रिय मत सहित १४ औँ महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित भएकी हुन् । उनि लोकप्रिय महिला नेतृको रुपमा परिचित छिन् ।

राना  नेपाली काँग्रेसमा आबद्ध भई लामो समयदेखि सक्रिय राजनीति गरिरहेकी छिन् । उनि विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई समाज सेवामा समेत सक्रिय छिन् ।

प्रतिक्रिया