हिंसा पीडित र जोखिममा परेका बालबालिकालाई छात्रबृति

हिंसा पीडित र जोखिममा परेका बालबालिकालाई छात्रबृति

दैलेख : जिल्लामा हिंसा पीडित र विभिन्न कारणले जोखिमा परेका बालबालिकाहरुलाई छाबतृति सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले छात्रबृति सहयोग उपलब्ध गराएको हो । संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८/महिला र बालबालिका केन्द्रले छात्रबृति सहयोग उपलब्ध गराएको हो ।

बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठका अनुसार ११ जना बालबालिकालाई छात्रबृति सहयोग गरिएको हो । श्रेष्ठका अनुसार बालबालिकालाई २० वटा कपी, एक दर्जन डट्पेन, झोला, विद्यालय पोषाक सर्ट र पाइन्ट, सुइटर, एक दर्जन सिसाकलम, जुत्ता र मोजा सहयोग गरिएको हो । एक जना बालबालिकालाई पाँच हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको हो । उनका अनुसार २ जना बालबालिकालाई औषधी उपचार खर्च समेत उपलब्ध गराईनेछ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अबसर पारेर हिंसा पीडित र विभिन्न कारणले जोखिमा परेका बालबालिकाहरुलाई छात्रबृति र औषधी उपचार खर्च सहयोग गरिएको हो । मंगलवार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले बालबालिकाहरुलाई छात्रबृति हस्तान्तरण गरेका छन् । छात्रबृति पाएका बालबालिकाहरु खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 

प्रतिक्रिया