रावा बैंक दैलेखका खत्रीलाई ‘बैंक सेवा पुरस्कार’

रावा बैंक दैलेखका खत्रीलाई ‘बैंक सेवा पुरस्कार’

दैलेख : राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दैलेखमा कार्यरत सुरेश कुमार खत्रीले ‘बैंक सेवा पुरस्कार’ प्राप्त गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले उनलाई ‘बैंक सेवा पुरस्कार’ बाट सम्मान गरेको हो । दैलेख शाखामा नगद सहायक पदमा कार्यरत खत्रीलाई बैंकले ‘बैंक सेवा पुरस्कार’ बाट सम्मान गरेको हो ।

बैंकको ५५ औँ बार्षीकोत्सबको अबसरमा बैंकमा कार्यरत कर्मचारीहरु मध्ये आर्थिक बर्ष २०७५/७६ मा उत्कृष्ठ कार्य सम्पादन मुल्यांकनका आधारमा ‘बैंक सेवा पुरस्कार’ बाट नगद पुरस्कार सहित खत्री सम्मानित भएका हुन् ।

प्रतिक्रिया