एक ढिक्का भएर चुनावमा लाग्नुहोस् : केन्द्रीय सदस्य राना

एक ढिक्का भएर चुनावमा लाग्नुहोस् : केन्द्रीय सदस्य राना

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानाले आसन्न स्थानीय तहको निर्वाचनमा एक ढिक्का भएर लाग्न आग्रह गरेकी छन् । नेपाली काँग्रेस आठबीस नगर समितिले आयोजना गरेको १४ औँ महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरुलाई सम्मान तथा भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य रानाले गुटउपगुट नभनी आसन्न स्थानीय तहको निर्वाचन अन्तरगर्त चुनावी अभियानमा जुट्न आग्रह गरेकी हुन् ।

उनले १४ औँ महाधिवेशनबाट विभिन्न समितिमा पदीय जिम्मेवारी प्राप्त गर्ने नेताहरुलाई बधाई समेत दिइन् । अर्को प्रसंगमा केन्द्रीय सदस्य रानाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता पारित गर्नु अघि सोचेर मात्र निर्णय लिनुपर्ने बताइन् ।

नगर सभापति अर्जुन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश समिति सदस्य बिनोद खनाल, जिल्ला उपसभापति नमराज शाही, पूर्व जिल्ला सचिव भुपेन्द्र शाही, महाधिवेशन प्रतिनीधिहरु घनश्याम भण्डारी, प्रेमप्रकाश शाही, जिल्ला समिति सदस्य डिल्ली खनाल, प्रेम विक, चक्र शाही, नरबहादुर महतरा, क्षेत्रिय सभापति भरत रिजाल, सचिव नैनबहादुर शाही, नेपाल विद्यार्थी संघ दैलेखका उपाध्यक्ष शेरबहादुर कठायत, तरुण दलका क्षेत्रिय अध्यक्ष उदयजंग शाही लगाएतको उपस्थिती थियो ।

सोहि अबसरमा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्ने नेताहरुलाई स्वागत समेत गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि दैलेखका पूर्व सदस्य रामबहादुर कठायत, नेपाल मजदुर किसान पार्टी दैलेखका सदस्य एवं आठबीस नगरपालिका नगर कार्यपालिका सदस्य डबल सुनार लगाएतका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसमा नवप्रवेशीहरुलाई काँग्रेस केन्द्रीय सदस्य सीता कुमारी राना लगाएतले स्वागतसँगै बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया