ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सुरु

ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सुरु

दैलेख : दैलेखको दुल्लु नगरपालिकामा ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता (भिएमडब्लु) तालिम सुरु भएको छ । १० दिनसम्म सञ्चालन हुने तालिम आइतवार सुरु भएको हो । हेल्भेटास नेपालको आर्थिक सहयोग तथा दुल्लु नगरपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले तालिमको आयोजना गरेको हो ।

तालिममा दुल्लु नगरपालिका, महाबु गाउँपालिका र डुंगेश्वर गाउँपालिकाका गरी २८ जनाको सहभागिता रहेको छ । यी तीन वटा स्थानीय तहमा हेल्भेटास नेपालको सहयोग र सोसेक नेपाल दैलेखको सहजिकरणमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालित छ ।

सहभागिलाई खानेपानी योजनाको संरचना निर्माण सम्बन्धी सम्पूर्ण सीपहरु सिकाईने बताईएको छ । तालिमको प्रशिक्षकको रुपमा हेल्भेटास नेपालको वास अधिकृत सन्जु श्रेष्ठ, जुनियर वास अधिकृत गणेश लम्साल र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका प्राविधिक निरीक्षक भरत रिमाल रहेको बताईएको छ ।

आइतवार एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक महेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच तालिम उद्घाटन गरिएको छ । तालिम उद्घाटन कार्यक्रममा दुल्लु नगरपालिकाका उपप्रमुख विष्णु थापा, दुल्लु नगरपालिका–७ का वडाध्यक्ष लालबहादुर रावत, हेल्भेटास नेपालका क्षमता विकास विशेषज्ञ निलकण्ठ पाण्डे लगाएतको उपस्थिती थियो ।

प्रतिक्रिया