गुराँस गाउँपालिकाको स्थानीय बाल कल्याण अधिकारीमा खड्का

गुराँस गाउँपालिकाको स्थानीय बाल कल्याण अधिकारीमा खड्का

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले स्थानीय बालकल्याण अधिकारी नियुक्त गरेको छ । गाउँपालिकाले श्याम सुन्दर खड्कालाई बाल कल्याण अधिकारी नियुक्त गरेको हो ।

बाल अधिकार संरक्षण तथा प्रबद्र्धनको क्षेत्रमा काम गर्न खड्कालाई बाल कल्याण अधिकारी नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले जानकारी दिए । गुराँस गाउँपालिका बाल कल्याण अधिकारी तोक्ने दैलेखको पहिलो स्थानीय तह हो ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६१ अनुसार स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था रहने व्यवस्था छ । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहने बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६१ मा उल्लेख छ ।

प्रतिक्रिया