एकीकृत समाजवादी दैलेखका उपसचिव र जिल्ला कमिटि सदस्य एमालेमै फर्किए

एकीकृत समाजवादी दैलेखका उपसचिव र जिल्ला कमिटि सदस्य एमालेमै फर्किए

दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृता लामिछानेमगर नेकपा एमालेमै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् ।

उनीसँगै नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियू जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् । रोहित नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटि सदस्य समेत हुन् ।

उपसचिव अमृता लामिछानेमगर र अनेरास्ववियू जिल्ला अध्यक्ष रोहित लामिछाने मगर जारी गरेको संयुक्त विज्ञप्तमा एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनलाई बदनाम हुने गरी व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन गरेकाले समाजवादी पार्टी त्यागेको उल्लेख छ । साथै उनिहरुले एकीकृत समाजवादीमा लागेका अन्य नेता, कार्यकर्तालाई पनि एमालेमा फर्कीन आग्रह गरेका छन् ।

हेर्नुहाेस् विज्ञप्ती

प्रतिक्रिया