गुराँस गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार मल्लले लिए उम्मेदवारी फिर्ता

गुराँस गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार मल्लले लिए उम्मेदवारी फिर्ता

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार पदमबहादुर मल्लले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका मल्लले गाउँपालिकाको अध्यक्षको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका खेमराज ओलीलाई सर्मथन गरेका छन् ।

प्रतिक्रिया