दैलेखको आठबीस नगरमा एमालेका उम्मेदवार विजयी

दैलेखको आठबीस नगरमा एमालेका उम्मेदवार विजयी

दैलेख : दैलेखको आठबीस नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको हो।

एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै कल्पनाकुमारी थापा विजयी भएकी छन्। प्रमुखमा निर्वाचित एमालेका बडुवालले ५ हजार ३ सय २७ मत ल्याएका छन् भने उनका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमप्रकाश शाहीले भने ५ हजार ६६ मत प्राप्त गरेका हुन्।

नगरको उपप्रमुखमा निर्वाचित एमालेकी थापाले ५ हजार १ सय १३ मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित भएकी हुन्। यसअघि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा आठबीस नगरपालिकाको प्रमुख नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेसले जितेको थियो। यो पटक प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।

९ वटा वडा रहेको यो नगरपालिकामा नेकपा एमालेले ५ वटा वडा र नेपाली काँग्रेसले ४ वटा वडा जितेको छ। नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी भएका छन्।

यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ। वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजिरसिंह विक, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी भएका छन्।

प्रतिक्रिया