सोसेक नेपाल सम्मानित

सोसेक नेपाल सम्मानित

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल सम्मानित भएको छ । जिल्लाको दुल्लु नगरपालिकाले सोसेक नेपाललाई सम्मान गरेको हो । शुक्रवार आयोजित निवर्तमान जनप्रतिनीधि, गैरसरकारी संस्था तथा पत्रकारहरुलाई सम्मान कार्यक्रममा नगरपालिकाले सोसेक नेपाललाई सम्मान गरेको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी राना र नेकपा एमालेको केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा सम्मान गरेका छन् ।

दुल्लु नगरपालिका नगर कार्यपालिकाको निर्धारित लक्ष, उदेश्य बमोजिम दुल्लु नगरपालिकाको आर्थिक, सामाजिक र भौतिक विकासमा विभिन्न विकास साझेदारहरुको समन्वयमा यस नगरपालिकाको कोभिड संकटको बेला मानवीय सहायता, औषधी र उपकरण उपलब्ध गराई पु¥याएको योगदान अविस्मरणिय रहेको सम्मान पत्रमा उल्लेख छ ।

संस्थाले खानेपानी र सरसफाई दिगो विकास र कृषि क्षेत्रमा एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, उत्थान परियोजना लगाएतका परियोजनाको सहयोगमा नगरपालिकाको विकास निर्माण र सार्वजनिक सेवा र बस्तु प्रवाहमा पु¥याएको योगदानको उच्च कदर गर्दै नगरपालिकाले धन्यवाद सहित सोसेक नेपाललाई सम्मान गरेको हो । सोहि अबसरमा नगरपालिकाका निवर्तमान जनप्रतिनीधिलाई सम्मानसहित विदाई गरिएको छ भने जिल्लास्थित पत्रकारहरुलाई समेत सम्मान गरिएको छ ।

नगरपालिकाले डीसिए नेपाल र हेल्भेटास नेपाललाई समेत सम्मानपत्र प्रदान गरेको छ । दुल्लु नगरपालिका ज्वाला सिंजा र कर्णाली सभ्यताको त्रिवेणी, पवित्र तिर्थस्थल, पञ्चकोशीको केन्द्र, विभिन्न जातजातीको आदीभूमि हो ।

प्रतिक्रिया