ठाटीकाँधका स्वास्थ्य संस्था र विद्यालयलाई सामग्री हस्तान्तरण

ठाटीकाँधका स्वास्थ्य संस्था र विद्यालयलाई सामग्री हस्तान्तरण

सुर्खेत :  दैलेखको ठाटीकाँध गाउँपालिकामा स्वास्थ्य संस्था र विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको छ । ठाटीकाँध गाउँपालिकाको साझेदारी ए.इ.आइ.एन लक्जेम्वर्गको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा ठाटीकाँधमा संचालित सहकार्य परीयोजनाबाट स्वास्थ्य संस्था र विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो । ।

आइतबार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, गाउँपलिका अध्यक्ष रक्ष बहादुर शाही सहितको उपस्थितिमा २१ वटा विद्यालयलाई १४५ वटा आयाताकार टेबुल हस्तान्तरण गरिएको सहकार्य परीयोना संयोजक जीवराज रेग्मीले जानकारी दिए । पहिलो चरणमा २१ वटा विद्यालयलाई ३ लाख ५७ हजार एकसय ९३ रुपैयाँ बराबरको १४५ वटा टेबुलहरु हस्तान्तरण गरेका छौँ,’उनले भने, ‘यस्बाट ७२५ जना बालबालिका प्रत्येक्ष लाभान्वित हुनेछन् ।’

विद्यालयलाई पि–फर्म कार्पेट र टेबुलहरु वितरण पश्चात् बालबालिको बसाइ व्यवस्थापनमा सहज हुने सामाजिक सेवा केन्द्र(सोसेक)का कार्यकारी निर्देशक हीरासिंह थापा बताउँछन् । यसभन्दा पहिले पि–फर्म कार्पेटहरु विद्यालयलाई हस्तान्तरण गरेका थियौँ,’उनले भने, ‘आज टेबुलहरु हस्तान्तरण गरेका छौँ । यस्ले बालबालिकाको सहज बसाइले प्रभावकारी सिकाइ हुनेछ ।’

यस भन्दा पहिले विद्यालयमा बालबालिकाहरु चिसो भुँइमै बस्ने अवस्था थियो । सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा ठाटीकाँधमा सहकार्य परीयोजना लागु भएपश्चात् स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा सकरात्मक प्रभाव देखिएको स्थानीयको बुझाई छ । शिक्षा क्षेत्रमा पहिले यहाँका विद्यालयको दयनीय अवस्थाले चिन्तित तुल्याएको थियो सहकार्य परीयोजना लागुपश्चात् अहिले शिक्षा क्षेत्रमा नयाँ आशा पलाएको मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक धीर बहादुर शाही बताउँछन् ।

 स्वास्थ्य सामग्रि तथा उपकरण हस्तान्तरण

त्यस्तै गाउँपालिकाभित्र रहेका ७ वटा स्वास्थ्य चौकिलाइ विभिन्न २२ किसिमका स्वास्थ्य सामग्रि तथा उपकरण हस्तान्तरण गरिएको छ । ७ लाख ४० हजार ६०८ रुपैँया बराबरको स्वास्थ्य सामग्रि तथा उपकरण हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्रि तथा उपकरण पाएपश्चात् स्वास्थ्य चौकिमा सेवा लिन आउने बिरामीको उपचारमा सहज हुने प्राथमिक स्वास्थ्य चौकी ठाटीकाँधकि स्वास्थ्य शाखा उप संयाजक मञ्जु शाहीको भनाई छ ।

 

प्रतिक्रिया