माटोभन्दा जङ्गललाई विश्वास गर्ने राउटे, बारी खन्दै तोरी छर्दै

माटोभन्दा जङ्गललाई विश्वास गर्ने राउटे, बारी खन्दै तोरी छर्दै


सुर्खेत – बसन्त ऋतुको आगमनले पालुवा पलाएका थिए । वनभरि पलाएका पालुवाले डाडापाखा हेर्नेहरुका मन चंगाजस्तै हुन्थे । न्याहुलाको न्याँहु न्याँहु र कोइलीको कुहुकुहुले वनजंगल डाडापाखा गुन्जाएमान थिए । जोसुकैलाई त्यो न्याँहुलीचरी र कोइली चरीको आवाजको धुनसँगै एकान्तमा एक्लै बहकिने गराउँछ । डाडापाखा उकाली चहार्दै कोइली र न्याहुलीको धुनसँगै यात्रा ओरालो तर्फ लाग्यो । अग्ला डाडाकाडा निहाल्दै, साल र सल्लाले सुसेल्दै गरेको स्वच्छ चिसो हावालाई फोक्सोसम्म पु¥याउदै आनन्दित महशुस गर्दै यात्रा भैरवी गाउँपालिका १ र दुल्लुको बिचमा पर्ने नाभिस्तान खोली किनारमै पुग्यो । पाइला अडिए । आँखा अनौठो दृश्यमा ठोकिए ।

त्यो अनौठो दृश्य थियो । नेपालको एक मात्र घुमन्ते जाती राउटे समुदाय हो । केही राउटेहरु घर आँगन अगाडी लस्करै लागेर काठको भाडा बनाउदै थिए । केही राउटे युवाहरु सिकार खेल्न जंगल जाने तयारीमा थिए भने । जंगलमा फिरन्ते जिवन बिताउदै आएका राउटे समुदायका केही महिलाहरु बाझोँ जमिन खनेर तोरी छर्ने सुरसार गर्दै थिय । त्यस्को नेतृत्व गर्दै हुनुहुन्थ्यो जोडि शिक्षक दम्पति लाल बहादुर खत्री र दुर्गा खत्री । पहिले माटोभन्दा जंगललाई विश्वास गर्ने राउटे समुदाय माटोलाई बुझ्न थालेका छन् । जंगलनै प्यारो मान्ने तपाईहरुलाई यसरि माटो खोस्रेर तोरी छर्दा कस्तो महशुस भयो ? भन्ने प्रश्नमा राउटे युवती सम्झना शाहीले भन्नुभयो,’ पहिले त हाम्रो पुर्खाले यस्तो गर्दैन थियो । अहिले हामीले गरेको छ । राम्रै महशुस भयो । सधै एउटै ठाउँमा बस्ने भएत राम्रै हो । हाम्रो जनता अर्को ठाउँमा सरेको सरेएइ हुन्छ । यसरि परिर्वतन हुँदै गए त राम्रै हो । आफैले आफ्नै हातले उत्पादन गरेको खानेकुरा खादा स्वस्थ पनि भइदो रहेछ भन्ने छ । त्यो खाएपछि थाह हुन्छ ।’

पहिले कृषि तर्फ ध्यान दिदैन थियो । आफ्नो पुर्खाले नगरेको पेशा आफुहरुले पनि गर्न हुन्न भन्ने पक्षमा थिए । तर,पछिल्लो समय त्यो परिर्वत भएको छ । अहिले जंगलमा फिरन्ते जीवन बिताउदै आएकोे यो समुदाय पनि कृषिसँग जोडिने प्रयास गरेका छन् । यो प्रयास उनीहरुको दोस्रो प्रयास भएको राउटे बस्तिमा कार्यरत जोडि शिक्षक दुर्गा खत्री बताउँनुहुन्छ ।

यस अघि यो समुदायका पुरुषहरुले खन्ने काम गर्नुभएको थियो । यो पटक महिलाहरुले सुरु गरेका छन् । कहिलेही कोदालो समाउदै यसरी कृृषि तर्फ पनि चासो बढाउलान् भन्ने कल्पना समेत गर्न सकिदैन थियो,’खत्रीले भन्नुभयो । पछिल्लो समय अन्य समुदायको निकटतासँगै उनीहरुको जीवनशैली पनि फेरिदै आएको छ । नदि किनारको छेउमा बाँझो जमिनमा तोरी लगाउने चाजोपाँजो भने जोडि शिक्षक दुर्गा खत्रीले गर्दै हुनुहुन्थ्यो । अहिले राउटे बस्तिमा सोसेक नेपालद्धारा संचालित राउटे परियोजना संचालित छ ।

राउटे बस्तिमा राउटे समुदायका केही किशोरी महिलाहरुसँगै बाझो जमिन खन्दै तोरी छर्न सिकाउँदै हुनुहुन्थ्यो । र राउटे समुदायका महिलाहरु खन्दै थिए ।
यो सहजिकरण गर्नेमा परियोजनामा कार्यरत जोडी शिक्षक दुर्गा खत्री र उनका श्रीमान लालबहादुर खत्री राउटे समुदायमा कार्यरत हुनुहुन्छ । जंगलमा फिरन्ते जीवन बिताउदै आएको यो समुदायलाई आफुहरुले कृषि क्षेत्रमा पनि अभ्यास गर्न थालेकोमा आफुहरु खुशी भएको जोडि शिक्षक खत्री बताउँनुहुन्छ । जंगलमा फिरन्ते समुदाय यसरि परिर्वतन होला भनेर हामीले पत्याएका थिएनौँ,’उहाँले भन्नुभयो, ‘निरन्तरको प्रयास र उहाँहरुसँगको घुलमिलले अहिले थोरै भए पनि आफैले बारी खनेर तोरी छर्नुभएको छ ।’

नयाँ कुरा सिक्न नयाँ पुस्ता आर्कषित

राउटे समुदायमा पुरानो पुस्ता भन्दा नयाँ पुस्ताले विभिन्न नयाँ काममा चासो राख्दै जान थालेका छन् । बिहिवार बाँझो जमिनमा तोरी छर्नको लागि पुरानो पुस्ता भन्दा नयाँ पुस्ता बढी आर्कषित देखिएको जोडि शिक्षक खत्रीको भनाई छ । तोरी छर्नको लागि पुरानो पुस्ताका १ ÷२ जनाले अवरोध गर्न खोज्दै हुनुहुन्थ्यो,’उहाँले भन्नुभयो,‘हामीले सम्झाइबुझाइ गर्दा उहाँहरु पनि मान्नुभयो ।
खन्न आएका महिलाहरु नै थिए । पहिले पुरुषले खनेका थिए । हिजो पुरुष बाहिर गएका थिए । पहिले बाट नै नलगाएकाले पुर्खाले नै नगरेका हुनाले हामीलाई गर्न अप्ठेरो हुन्छ भन्ने थियो । यहाँ भन्दा पहिले पुरुषले खनेका थिए । अहिले नयाँ पुस्तामा चासो बढ्दो छ ।

पढाई लेखाइमा पनि चासो

जंगलमा फिरन्ते जीवन बिताउदै आएको यो समुदायका युवायुवतीले पढाईमा पनि चासो राख्न थालेका छन् । समुदायमै रहेर विभिन्न चित्र बनाउने, र आफ्नो नामसम्म लेख्ने भएका छन् । सोझै लेख पढ भन्दा नमाने पनि चित्र बनाउन लगायत आफ्नो नाम लेख्ने भएको जोडि शिक्षक लालबहादुर खत्री बताउँनुहुन्छ ।

पहिले राम्रोसँग बोल्न सम्म नजान्ने अन्नय समुदायको मानिसहरुसँग घुलमिल हुन नसक्ने यो समुदाय अहिले बोल्न र आफ्नो नाम लेख्न सक्ने भएको खत्रीको भनाई छ । राउटेको ४० परिवारका १४२ जना मध्य २२ जनाले नाम लेख्न जानेका छन् । जोडि शिक्षक लाल बहादुर खत्री र दुर्गा खत्री बस्तिमा सोसेक नेपालद्धारा खटाइएपछि अहिले निरन्तर सिक्ने क्रममा रहेका छन् । बिहान दिउँसो उनीहरुसँग घुलमिल हुँदै हामीले पढाउन थालेको खत्री बताउँनुहुन्छ ।
अहिले बस्तिमा २२ जना नाम लेख्ने भएका छन्,’उहाँले भन्नुभयो, ‘अहिले आफै हामी भएकै ठाउँमा नाम लेखाउन सिकाइदिन आउने गर्नुहुन्छ । पहिले नाम लेख्न समेत आउथेन । अहिले चार जना अन्य राउटे महिलाहरु नाम लेख्न सिक्न आइरहनुभएको छ ।’

सरसफाइ गर्न सिक्दै

राउटे समुदायका किशोरीहरुलाई फोहोर फाल्ने खाल्डो बनाउन सिकाउनुहुँदै अनमी अमृता रोकाया र शिक्षक दुर्गा खत्री, तस्बीर : लाल बहादुर खत्री 

पहिले महिनौ हप्तौसम्म पनि ननुहाने, सरसफाई नगर्ने राउटे समुदाय अहिले सरसफाइमा पनि जुट्न थालेका छन् । स्थायी रुपमा बास भए पनि आफ्नो घर आँगन लिपपोत गर्ने, वरपरको फोहोर सफा गर्ने लागायतका कार्यहरु गर्न थालेको जोडिशिक्षक खत्री बताउँनुहुन्छ । बिहिबार देखि यो समुदायले कुहिने र नकुहिने फोहोर फाल्ने डम्पिङ (खाडल)समेत बनाउन थालेको खत्री बताउँनुहुन्छ । पछिल्लो समय सफा कोरिबाटि गरेर चिटिक्क पर्दै आफ्नो बस्तिबाट निस्केको कुहिने र नकुहिने फोहोरलाई छुट्टै खाडल बनाएर फोहोर व्यवस्थापन गर्न राउटे महिलाहरु कस्सिएका थिए । त्यस्मा सहजिकरण गर्दै हुनुहुथ्यो अनमी अम्रिता रोकाया, लाल बहादुर खत्री र दुर्गा खत्री ।

उहाँहरुले एक ठाउँमा सिकेको नयाँ कुरा अर्को ठाउँमा बसाइ सरेर जादा प्राय बिर्सिने हुन्छ तर,अब त्यो नहुने खत्रीको भनाई छ । पहिले भन्दा यो समुदाय अहिले परिर्वतन हुँदै नयाँ कुरा सिक्दै आइरहेको छ’उहाँले भन्नुभयो ।
पहिले मदिरा अत्यधिक रुपमा पिउथे अहिले चाडबाडमा मात्र पिउने गरेको खत्रीको भनाई छ । अहिले राउटे समुदाय बाहिरको मदिरा पिउन छोडेका छन् । अहिले पहिलेजस्तै आफ्नो काममा निरन्तर लागि परेका छन् । उनीहरुको भत्ता नआएर पो हो कि मदिरा नपिएको भन्ने दोधारमा छौँ । सरकारले भत्ता दिएपछि थाह हुन्छ पिउछन् पिउदैनन् भन्ने कुरा ।’

मदिरा त्यागेसँगै पुन गर्भवती

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन । त्यसयता समुदायमा शिशु जन्मिएका छैनन । त्यस यता नत बस्तिमा गर्भवती थिए नत बच्चा नै जन्मेका थिए । तर, २०७९ माघ महिना यता देखि मदिरा पिउन कम गरेसँगै अहिले राउटे समुदायमा दुइजना महिला गर्भवती रहेको अहेव अनमी अमृता रोकाया बनाउनुहुन्छ । पहिले अत्यधिक मात्रामा मदिरा पिएर हुन सक्छ बच्चा पनि नजन्मेका र बस्तिमा गर्भवती महिला पनि थिएनन्,’उहाँले भन्नुभयो, ‘बाहिरको मदिरा पिउन छोडेसँगै पुन बस्तिमा महिलाहरु गर्भवती हुन थालेका छन् ।’

जस्को नाभिस्थानजंगलमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय अन्नय समुदायको नजिक बस्ति बसेसँगै उनीहरुको जीवनशैली पनि फेरीदै गएको छ । प्राय जंगलमै फिरन्ते जीवन बिताउदै आएको र कृषि खेतितर्फ आर्कषित नभएको राउटे समुदाय पछिल्लो समय कृषि खेती तर्फ अभ्यास गर्न थालेका छन् । सासेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजना मार्फत उनीहरुले बारी खनेर तरकारी लगाउन थालका छन् ।

सरकार र समाजको भूमिका के हो ?

बेलाबखत राउटेलाई मुल प्रवाहीकरणमा ल्याउने चर्चा पनि बेलाबखत चलिरहन्छ । राउटे नेपालको पहिचान भएकाले पनि राउटेलाई उनीहरूकै परम्पराअनुसार चल्नुपर्छ भन्ने आवाजहरू पनि उठ्न थालेका छन । जंगलकै बिचमा भएता पनि राउटेले आफुले उत्पादन गर्ने सामग्री उत्पादन गर्न दिनुपर्छ ।
वास्तवमा भन्ने हो भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको जाति हो । तसर्थ यी राउटेहरूको लागी स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते जातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो ।

राउटे अज्ञानतासँग रमाइरहेको समुदाय हो । पछिल्ला केही वर्षयता उनीहरूको जीवनशैलीमा नकारात्मक परिवर्तनहरू देखा परेका छन । तत्कालीन सशस्त्र द्वन्द्वपछि जंगल छाडेर अन्य समुदायको बस्ती नजिक उनीहरू बस्न थाले । उनीहरूको परम्परागत बासस्थानहरू विकासका नाममा नास हुँदैछन । त्यसैले अन्य समुदायको बस्ती नजिक वा भनौं बजार क्षेत्र आसपासका बस्तीमा बस्न थालेका छन ।

मदिराको लतले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ । यो मुख्य कारण हो । फलस्वरूप मदिराकै कारण राउटेहरू अकालमै मृत्युको मुखमा पुगेको देखिन्छ । स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको खानपान र आनीबानीले गर्दा उनीहरूको अस्तित्व संकटमा परेको देखिन्छ । उनीहरुको अस्तित्व जोगाउन मुख्य कुरा मदिरा पिउनमा रोक लगाउनुपर्छ । अकोतर्फ जलवायु परिवर्तनले पनि राउटे समुदायलाई प्रभाव पारेको छ ।

पहिलो कुरा राउटेमा मदिराको लत हटाउनको लागि पहिलो कुरा त सरकारले स्पष्ट नीति निर्माण गर्नुपपर्ने अधिकारकर्मी हीरासिंह थापा बताउनुहुन्छ । सामाजिक चेतनासँगै कुलतको असरहरू, स्वास्थ्यमा पु¥याउने हानिको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ,’उहाँले भन्नुभयोे, ‘उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्छ ।’

राउटे नागरिकलाई जथाभावी मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । राउटे बस्तीसँगै जोडिएको गाउँका स्थानीय बासिन्दालाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ ।

नगद भत्ता हातमा दिन तत्काल बन्द गर्नुपर्छ

संघीय सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सरकारले दिने यो सामाजिक सुरक्षा भत्ता नगद दिन तत्काल बन्द गर्नुपर्ने थापाको भनाई छ ।

सामाजिक सुरक्षाा भत्ता वितरण गर्दै गुराँस गाउँपालिका वडा न‌ -८ अध्यक्ष दिपेन्द्र वली

भत्ताको सट्टा मासिक रूपमा परिवार संख्या हेरेर कति मात्रामा चाहिन्छ खाद्यान्न, लत्ताकपडा दिन सकिन्छ,’उहाँले भन्नुभयोे, ‘उनीहरूले पाउने भत्ताबाट केही निश्चित महिनाका लागि ‘खाना शिविर’ चलाउनुपर्छ । त्यसले उनीहरूमा पोषणयुक्त खाना खाने बानीको विकास हुन्छ । यसका लागि संघीय सरकारले ठोस नीति निर्माण गर्नुपर्छ । त्यसो हुन नसके राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर लाग्दैन ।’

प्रतिक्रिया